Friday, June 19, 2015

लगातार उकालो चढेको सुर्खेतकाे एसएलसीको नतिजा खस्कियो

गत वर्षको भन्दा १७ प्रतिशतले घट्यो

इगरव्रिसका गणेश आचार्य जिल्ला प्रथम,सामुदायिकमा अमरज्योतीका भक्ति चालिसे प्रथमनियमित तर्फ २७ प्रतिशत उत्तीर्ण, गतवर्ष ४४ प्रतिशत

एक्जाम्टेडमा ४ प्रतिशत   
नियमित तर्फ १,५५६ (२७ प्रतिशत), गत वर्ष ३,३१४ जना (४४ प्रतिशत)
विशिष्ट श्रेणी, ७३, गतवर्ष १४१ ।
प्रथम श्रेणी : ७१० गतवर्ष ९१५ जना 
द्धितीय श्रेणी : ७३५ गतवर्ष १९४३
तृतीय श्रेणीमा ३८, गतवर्ष ३१५ 
अंक जोड्न छुटेको : १ गत वर्ष २ जना 
प्रयोगात्मक अंक छुटेको : २ गत वर्ष १० जना  
उमेर नपुगेको १ 
आंशिकतर्फ
जम्मा उत्तीर्ण : १२८ गत वर्ष ८८६ 
द्धितीय श्रेणी : ७६ गत वर्ष ६८१
तृतीय श्रेणी : ५२, गतवर्ष १९४ ।
खेमराज वली 
सुर्खेत, असार ४ ।
File picture 
वि.स. २०६८ सालको प्रवेशीका परीक्षामा सुर्खेतबाट २१.४६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । त्यसपछि २०६९ सालमा नतिजा बृद्धि गर्ने लक्ष्य जिल्ला शिक्षा कार्यालय सुर्खेतले लियो । जिल्ला शिक्षा कार्यालयको लक्ष्य जस्तै त्यो वर्ष नतिजामा सुधार भयो । त्यस वर्ष ७ प्रतिशतले नतिजामा बृद्धि भयो ।

Thursday, June 18, 2015

मध्यपश्चिमाञ्चल विश्वविद्यालय ६ वर्षमा प्रवेश


मेडिकल, हर्वल, कृषि र वन विज्ञान संचालन गर्ने योजना 

सुर्खेत, असार ३ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय पाँच वर्ष पुरा गरी ६ वर्षमा प्रवेश गरेको छ । यो विश्वविद्यालय वि.स. २०६७ साल असार ३ गतेदेखि संचालनमा आएको थियो । 

विश्वविद्यालयले पाँचौ वर्ष पुगेको अवसरमा विहीबार बार्षिक उत्सव मनाएको छ । विश्वविद्यालय स्थापना भएदेखि पहिलो पटक वार्षिक उत्सव मनाइएको हो । सुर्खेतका सबै क्षेत्रका सरोकारवालाहरुको सहभागितामा भएको वार्षिक उत्सव समारोहमा विश्वविद्यालयले हालसम्मको अवस्थाको बारेमा जानकारी दिदै भावी योजनाको बारेमा पनि जानकारी गराएको छ ।

बाढीले मोडिदिएको जिन्दगी

 बाढीबाट बिस्थापित भएको पुरा ९ महिना भइसक्दा पनि त्रिपाल मुनि बस्न बाध्य पार्वतीले अहिले शिविरमा बसेर गिट्टी कुटेर गुजारा चलाईरहेकी छन् । उनका अनुसार यो जिन्दगी जीउने नयाँ बाटो हो । वर्षमा दुई तीन सिजन खेतीपाती गरेर सहजरुपमा जीवन चलाएकी उनलाई अहिले गिट्टी कुटेर बाँच्न निकै गाह्रो छ तर बालबच्चाको जीवन बचाउन सक्ने एउटा आधार ढुङ्गा कुट्ने पेसा बनेको छ । 




Wednesday, June 17, 2015

सुर्खेतमा शिक्षा सम्बन्धी दुई सफल अभियान-

अनिवार्य आधारभूत शिक्षा र पूर्ण साक्षर 

  • नेपालकै पहिलो अनिवार्य आधारभूत शिक्षा प्रदायक जिल्ला 
  • पूर्ण साक्षरमा मध्यपश्चिम र सुदरपश्चिमको पहिलो  । नेपालकाे ९ अाै‌  स्थानमा ।


 खेमराज वली ।
सुर्खेत, जेठ २४ ।

सुर्खेत जिल्लामा संचालन गरिएका शिक्षा सम्बन्धी दुईवटा अभियानले सार्थकता पाएका छन् । जसले गर्दा सुर्खेतको मानव विकास सुचकाङक पनि बृद्धि हुनेछ । ती दुई सफल अभियानहरु अनिवार्य आधारभूत शिक्षा प्रदायक जिल्ला बनाउने अभियान र पूर्ण साक्षर बनाउने अभियान हुन् । 

Tuesday, June 16, 2015

११ दलद्वारा जिबिस बहिस्कारको निर्णय

– संविधान लेख्ने जिम्मेवारी पाएका सभासद् उपभोक्ता समिति बनाउनमै व्यस्त 
– स्थानीय विकास अधिकारी सभासद्को दवावमा

 
सुर्खेत, असार २ ।
 सुर्खेत, असार २ ।
सुर्खेतका ११ राजनीतिक दलहरुले जिल्ला विकास समिति बहिष्कार गर्ने निर्णय गरेका छन् । ११ दलहरको गत जेठ २७ गते भएको बैठकले यस्तो निर्णय गरेको हो ।