Thursday, April 28, 2016

बुलबुले मै एसपीले ‘बुलबुले’ खोजेपछि...

एसपी वीरेन्द्र श्रेष्ठ पहिलो पठक बुलेबुले पुगे । बुलबुले तालकै छेउमा पुगेर उनले एक जनासंग सोधे-‘‘बुलबुले ताल कहाँनिर होला ?’’ बुलबुले ताल नै यही हो भन्दा उनी अचम्मित भए । 
 खेमराज वली ।
सुर्खेत, बैशाख १७ । 
सल्यान जिल्लाबाट सुर्खेतको जिल्ला वन कार्यालयमा सरुवा भएर आएका जिल्ला वन अधिकृत हेमराज विष्ट पहिलो पटक बुलबुले उद्यान पुगे । उनले बुलबुले एउटा ठुलो ताल होला, तालमा पानी

उज्यालो वीरेन्द्रनगर,सडकमा सौर्य बत्ती

खेमराज वली ।
सुर्खेत, बैशाख १७ ।

Friday, April 22, 2016

सुर्खेतमा सरकारी सवारीसाधन वाईसिएलको नियन्त्रणमा



सुर्खेत, बैशाख ११ ।
एकीकृत नेकपा (माओवादी) को युवा संगठन योङ्ग कम्युनिष्ट लीग (वाइसिएल) सुर्खेतले आज सरकारी सवारीसाधनहरु नियन्त्रणमा लिएको छ । 

शनिबारका दिन सरकारी सवारीसाधनको दुरुपयोग भएको भन्दै वाईसिएलले वीरेन्द्रनगरको देउती बज्यै मन्दिरबाट नियन्त्रणमा लिएको हो । 

वाईसिएलका केन्द्रीय सदस्य सुरज डिसीको नेतृत्वमा गएको वाईसिएलको टोलीले देउती बज्यै मन्दिरबाट तीनवटा मोटरसाईकल नियन्त्रणमा लिएको हो ।

Thursday, April 21, 2016

मध्यपश्चिममा महिलाको अवस्था नाजुक ,समग्र जीवनप्रति भने सन्तुष्टी


बलविवाहको अवस्था भयावह,स्वास्थ्य संस्थामा बच्चा जन्माउने कम 

भैसी पाल्दैनन् नयाँ पुस्ता

 खेमराज वली ।
सुर्खेत, बैशाख ८ ।
७४ वर्षे प्रेमबहादुर केसीलाई कहिलेकाही आफ्नो युवा अवस्थाको याद आउँछ । त्यतिवेलाको दैनिकी सम्झिएर उनी आफै दङग पर्दछन । आफ्नो युवा अवस्थामा उनीगाई बस्तु र भैसी गोठालो जान्थे । उतै रमाईलो गर्दथे ।

Sunday, March 27, 2016

                       

  जुन प्रदेशका लागि नागरिक लासमा बदलिए

Friday, February 26, 2016

क्याप्टेन मरेर ९ जना बचाए, अधुरै भयो क्याप्टेनको सुर्खेतमा पार्टी गर्ने योजना

खेमराज वली र नरजनर तामाङ सुर्खेत/रत्न कार्की, कालिकोट ।

 शुक्रबार दिउसो १२.२० बजे बाँकेको नेपालगंन्जबाट जुम्लाका लागि उडेको काष्टमाण्डप एयरको बिमान दिउँसो १ बजे कालिकोटको चिलखायामा दुर्घटना हुँदा चालकदलका दुईजनाको मृत्यु भएको  छ । 

चालक दलका सदस्यहरु क्याप्टेन दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाको उक्त दुर्घटनामा मृत्यु भएको छ

Tuesday, February 16, 2016

बाढी पीडित विद्यार्थीकाे वीजाेग: खुला आकाश मुनि शिक्षा



खेमराज वली ।
सुर्खेत, फागुन ४ ।

खोलाको किनार । किनारा मै केही चौडा ठाउँ । त्यसकै माथिल्ल पट्टी भित्ताको आडमा केही झुप्राहरु । यी झुप्राहरुको अगाडिपट्टीको एउटा दृश्य । जहाँ शिक्षाको याचना गरिएको छ । अघिल्लो वर्षको साउन २८ र २९ गते सुर्खेतमा बाढि पहिरो जाँदा एक सय २५ जनाको मृत्यु भयो । हजारौं विस्ताथापितहरु अहिले पनि त्रिपालमुनि कष्टकर जीवन विताइरहेका छन् । उनीहरुले अहिले आधारभूत आवश्यकता पनि पुरा गर्न सकेका छैनन । आफन्तहरु र सबै सम्पत्तीसमेत गुमाएर पीडित बनेकाहरु अहिले सरकारसंग गुनाशो गरिरहेका छन् ।

Thursday, February 11, 2016

चाहनाले होइन...........




चाहनाले होइन मौसमले डाकेपछि जान्छु.....
प्रकृतिसँग अकंमाल गर्न थाकेपछि जान्छु.....

पालुवाले पनि मलाई खोज्दाहुन भन्ने लाग्छ
प्रकृति बोलाउँछ र काफल पाकेपछि जान्छु

Tuesday, February 9, 2016

आमसंचार/पत्रकारिता किन पढने?

अविरल थापा 

केही समय अगाडि नेपाल पत्रकार महासंघको सभापति भईसकेका एकजना पत्रकारले सार्वजनिकरुपमै भने ‘पत्रकारिता गर्न पढिरहन पर्दैन।’ उनले यो कुरा होशमा भने अज्ञानमा भने कमजोरी लुकाउन भने वा आफनो सफलता देखाउनभने उनै जानुन्। तर यस कुराले एउटा गम्भीर कुरा चाहिँ के प्रतिविम्वत गर्छ भने अझैपनि घर बनाउन ठेकेदार भएपुग्छ इन्जिनियर चाहिँदैन भन्ने धङधङीबाट हाम्रा अग्रज भनाउँदाहरुको चेतना माथि उठ्न सकेको छैन।

Friday, January 29, 2016

बालबालिकाको ‘नव जीवन’



खेमराज वली ।
सुर्खेत, माघ १६ ।
झुप्रा खोलाको किनार । दिलमायाको बुढाको झुप्रो । त्यही झुप्रोमा चलिरहेको थियो दिलमायाको दुःखी जीन्दगी । साना दुई छोरी एउटा छोरा । उनीहरुलाई हुर्काउन निकै धौधौ थियो दिलमायालाई । भेरी र भुप्रा खोलाको दोभान रमाइलै थियो घुम्न जानेहरुलाई त । कयौ मान्छेहरु वन भोज र रमाइलो गर्न जान्थे त्यहाँ तर भक्कानिन्थ्यो दिलमायाको मन । 

Friday, January 22, 2016

दुनियाको सिरानी बनेर जिउनु व्यर्थ लाग्छ

दुनियाको सिरानी बनेर जिउनु व्यर्थ लाग्छ
मुक्तिका लागि सराव पिउनु व्यर्थ लाग्छ

कसैले त सिरानी बनी भ¥याङ चढ्दै गए
त्यही सिरानी च्यातिएमा सिउनु व्यर्थ लाग्छ

Monday, January 18, 2016

मान्छे चिता बनाउदैन

सत्य त्यो हाे मृत्यु 
तर मान्छेहरु  
आफ्नो लागि चिता बनाउँदैन  
बनाउँछन मान्छेहरु आर्यघाट 
जलाइन्छ त्यही 
सम्झिदैनन् कसैले  
मलाई जलाईन्छ यही