Friday, July 31, 2015

गुरुसंग मेरो संम्बन्ध

रगतको खोलामा जन्मिदै गुलाबको काँडाबीचमा हुर्किएकि मलाई के थाहा गुरुलाई कसरी संम्मान गर्नु पर्छ । आफुले सम्मान पाउनलाई अरुलाई सम्मान गर्नुपर्ने रहेछ । सधै जसो विद्यालय गयपनि आचरण भन्ने कुरा रटेर सिकिने होईन ।
तुल्सी आचार्य (सितल) 

गुरु पूर्णिमा, गुरुको सम्मान गर्ने दिन ग्ुारु भनेको ज्ञान, आचरण,अनुशासन सिकाउने व्याक्तिका रुपमा लिइन्छ । अझ संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ नष्ट गर्नु भएकाले गुरुले अन्धकार जस्तो अज्ञानतालाई नष्ट गरी ज्ञानको उज्यालो प्रदान गर्दछ । गुरु जस्लाई पुर्खादेखि नै मान्दै आईरहेका छौ । गुरुलाई हामी मातापिताको भन्दा पनि पहिलो देबताको स्थानमा राखेर पुज्छौ । गुरुको महत्व कहिले कम भएन । स्कुुल होस, कलेज होस वा

Monday, July 20, 2015

स्थानीय स्तरमा पनि दलकै आवाज

संविधानको मस्यौदामा सुझाव संकलन

यज्ञ खत्री ।
सुर्खेत, साउन ५ ।
‘नेपालको संविधान २०७२’ प्रस्तावित मस्यौदाको अहिले देशैभर सुझाव संकलन कार्य जारी छ । संविधानसभा सचिवायले गत आइतबार र सोमबार जिल्ला स्तरमा सुझाव संकलन गर्ने, मंगलबार र बुधबार निर्वाचन क्षेत्रका नागरिकहरुको सुझाव संकलन गर्ने कार्यतालिका तय गरेको थियो ।

'जनताले चुनेका प्रतिनिधी जनाले फिर्ता बोलाउन पाउनुपर्छ'

 सुर्खेत, साउन ३ ।
सुर्खेतका नागरिकहरुले अब बन्ने संविधानमा जनताले चुनेका प्रतिनिधीहरुलाई उनीहरुले नै फिर्ता बोलाउन सक्ने व्यवस्था गर्न माग गरेका छन् ।

‘नेपालको संविधान २०७२’ को प्रस्तावित मस्यौदाको संशोधनका लागि सुझाव संकलन भइरहेको अवस्थामा सुर्खेतमा यस्तो माग गरिएको हो । आफूले चुनेको प्रतिनिधी आफैले फिर्ता गर्ने व्यवस्था मस्यौदामा उल्लेख नगरिएको भन्दै स्थानीय नागरिकहरुले यसलाई संविधानमा व्यवस्था गर्न माग गरेका हुन् ।

प्रारम्भीक मस्यौदा संशोधनका लागि वीरेन्द्रनगरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमा सहभागी सर्वसाधारणहरुले यस्तो माग गरेका हुन् ।

Saturday, July 18, 2015

मस्यौदामाथी सुझाब माग्न आएका सभासदले जिविसको टेबुल फुटाले


कर्मचारी भन्छन अब कसरी काम गर्ने

बिटष्ले सुर्खेत आएकावेला नै अत्यधिक मदिरा सेवन गरी ट्राफिकलाई धम्क्याएपछि पनि विवादमा आएका थिए ।  मदिराराले मातेका उनले ट्राफिकले चेकजाँच गर्न खोज्दा ट्राफिकलाई नै दुव्र्यबहारसमेत गरेका थिए । 
वेलावेलामा विवादित बनिरहने सुर्खेतका एक जना सभासद पुनः विवादित काम गरेका छन् । ‘नेपालको संविधान २०७२’ को प्रारम्भीक मस्यौदाको सुझाव संकलन गर्न सुर्खेत आइपुगेका सभासद्ले जिल्ला विकास समिति, सुर्खेतमा पुगेर कर्मचारीलाई धम्क्याएका छन् । 

स्रोतका अनुसार सुर्खेत क्षेत्र नं. ३ बाट प्रत्यक्ष निर्वाचित सभासद् तथा नेपाली काँगेस सुर्खेतका सभापती तप्तबहादुर विष्टले जिल्ला विकास समितिका योजना तथा प्रशासकीय अधिकृत

FACE TALK-पत्रकार प्रकाश पन्त


१. के छ खबर ?
हजुर... ठिकै छ, आरामै छु । 
२. आज भोली केमा व्यस्त हुनुहुन्छ ?
पत्रकारिताको नियमित काममा । 
३. विवाहा भन्दा अगाडि प्रेम गर्नु भयो कि नाई ? 
हा हा हा ...गरियो नि ।
४.कलेज पढदा कत्तिको  आए लभलेटर ? 
आउँथे तर खासै त्यतातिर ध्यान गएन .......
५. आफुले चाहीँ कत्ति केटीलाई प्रपोज गर्नु भयो नि ? 

ज्यानमारा भ्रष्ट्राचारले गुमेको इमान


२०७२ साल बैशाख १२ गतेको भूकम्पको विनाशकाबीच पनि विभिन्न अनियमितता छताछुल्ल भए । कहिले त्रिपाल काण्ड त कहिले जस्तापाता काण्ड, कहिले राहत सामग्री बेचेको काण्ड । यस्ता काण्डमा मन्त्री र मन्त्रीका पिएको नाम जोडिएको थियो । सरकारकै मन्त्री जोडिएपछि सरकार उनीहरुको हेलमेटका रुपमा उपस्थित भयो । सरकार हेलमेट भएपछि अनियमितताको छानविन गुपचुपमै सीमित भयो ।
खेमराज वली (अविछिन्न)
नेपाल दाताहरुको दया र अन्तराष्ट्रिय सहयोगले निरन्तरता पाएको देश हो भन्दा खासै फरक पर्दैन । अन्तराष्ट्रिय दाताहरुले नेपालको याचनालाई अहिलेसम्म धन्न स्वीकार गरिदिएका छन् । नेपालको आर्थिक समृद्धि र नेपालीलाई बाँच्न सिकाउनका लागि भन्दै अन्तराष्ट्रिय दाताहरुले विभिन्न माध्यमबाट सहयोग गरिरहेका छन् । नेपालका लागि केही विकशित देशहरुले उदार भाव देखाएका छन् । यद्यपी त्यस्ता देशहरुको यो भावनासंगै केही स्वार्थ लुकेको हुनसक्छ । तर उनीहरुको लगानीले नेपाललाई थोरै भएपनि सहयोग पुगेकै छ । गत बैशाख १२ गते नेपालमा ठुलो भुकम्प गयो । भुकम्पले तहसनहस बनाइदिएको राजधानिसहित मध्य नेपालको पुननिर्माणको लागि पनि थुप्रै दाताहरुले उदार भाव देखाएका छन् । तर दाताहरुले हात फराकिलो बनाएर नेपालको पुननिर्माणको लागि सहयोगको बचन दिन सकिरहेका छैनन् । सरकारले आयोजना गरेको अन्तराष्ट्रिय दाता सम्मेलनमा सहभागी विभिन्न देशका प्रतिनिधीहरुले अस्पष्टरुपमा नेपालमा भ्रष्ट्राचार र अनियमितता बढिरकोले आफूहरुले खुलेर आर्थिक सहयोग गर्न नसकेको संकेत गरेका छन् ।

Friday, July 17, 2015

असुरक्षित पर्यटकीय स्थल


‘‘काँक्रेविहारमा यस अघी पनि केही घटनाहरु सार्वजनिक भएकाछन्, त्यसले पर्यटकलाई प्रभाव पारेको छ,’ उनले भने–‘पर्यटकलाई भित्र्याउने हो भने सुरक्षाको ग्यारेण्टी गर्न सक्नुपर्छ, त्यसका लागि मुख्य पर्यटकीय स्थलमा प्रहरी विट राख्न सकिन्छ ।’’

खेमराज वली ।
सुर्खेत, साउन १ ।
दाङ, घोराईका अनुपा वली र प्रभा वली पहिलो पटक महिला निरीक्षकको परीक्षा दिन सुर्खेत आए । पहिलो दिनको परीक्षा सकेर उनीहरु बुलबुले घुम्न गए । त्यो दिउँसोको समय थियो । उनीहरु बुलबुले घुमेर फर्किए । बुलबुलेबाट फर्किएका उनीहरुले बुलबुले उद्यानको चर्चा गर्दै भने-‘‘बनाउन सके त राम्रै हो नी है ।’’ उनीहरुले यति मात्रै भनेन् बुलबुलेमा केही ट्यापे मुन्द्रेहरु पनि भेटिएको भन्दै निकै असुरक्षित भएको बताए ।

Saturday, July 4, 2015

बदिलएका बस्तीहरु

खेमराज वली ।
सुर्खेत, असार  ।
वीरेन्द्रनगर नगरपालिकाबाट प्रस्टै देखिने । नौं किलोमिटर उत्तरतर्फको रमाइलो डाँडो । करिब दश वर्ष अघीसम्म सुनसान थियो । पातलो बस्ती । बाँझो जनिम । जंगलमा बाख्राहरु छाडा छोडिएका हुन्थे । 

गाउँमा शुन्य पसल । स्थानीयहरु दैनिक उपभोग्य सामग्री लिन वीरेन्द्रनगर नै झर्नुपर्ने अवस्था थियो । धेरै जस्तो जमिन बाँझै थियो । बाँझो डाँडो मुल्यहिन थियो । जग्गाको मुल्य निकै कम थियो । विक्री गर्न खोज्दा पनि मुल्य नपाउने अवस्था थियो । 

प्रहरीको काम महिलालाई ताली बजाउने र आँखा झिम्काउने हो र ?

दीपेन्द्र वली । 

सुर्खेत, २० असार । 

प्रहरी सेवा राष्ट्रसेवक मात्रै नभई कानूनको रक्षा गरि कार्यन्वयन गर्ने क्षेत्र पनि हो । तर राष्ट्रसेवक अनि कानूनको रक्षक भनि जागिर खाएर ग्रामीण क्षेत्रमा पुगेका प्रहरीहरुले आचरणविपरित क्रियाकलाप गर्ने गरेको पाइएको छ ।  


सुर्खेतको विद्यापुर गाविस वडानम्वर ६ का गंगा कँडेललगायत केहि महिलाहरु मिलबाटै फर्किँदै गर्नुभएको थियो । झिस्मिसे साँझ थियो, घर पुग्न हतार हतार थियो, अँध्यारो समयमा हाफ पाइन्ट (जाँगे) लगाएका व्यक्ति पनि बाटैमा भेटिए । महिलाहरुलाई देखेर उनले ताली बजाए, उनी थिए इलाका प्रहरी कार्यालय बावियाचौरमा कार्यरत एक प्रहरी ।