Friday, February 26, 2016

क्याप्टेन मरेर ९ जना बचाए, अधुरै भयो क्याप्टेनको सुर्खेतमा पार्टी गर्ने योजना

खेमराज वली र नरजनर तामाङ सुर्खेत/रत्न कार्की, कालिकोट ।

 शुक्रबार दिउसो १२.२० बजे बाँकेको नेपालगंन्जबाट जुम्लाका लागि उडेको काष्टमाण्डप एयरको बिमान दिउँसो १ बजे कालिकोटको चिलखायामा दुर्घटना हुँदा चालकदलका दुईजनाको मृत्यु भएको  छ । 

चालक दलका सदस्यहरु क्याप्टेन दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाको उक्त दुर्घटनामा मृत्यु भएको छ

Tuesday, February 16, 2016

बाढी पीडित विद्यार्थीकाे वीजाेग: खुला आकाश मुनि शिक्षा



खेमराज वली ।
सुर्खेत, फागुन ४ ।

खोलाको किनार । किनारा मै केही चौडा ठाउँ । त्यसकै माथिल्ल पट्टी भित्ताको आडमा केही झुप्राहरु । यी झुप्राहरुको अगाडिपट्टीको एउटा दृश्य । जहाँ शिक्षाको याचना गरिएको छ । अघिल्लो वर्षको साउन २८ र २९ गते सुर्खेतमा बाढि पहिरो जाँदा एक सय २५ जनाको मृत्यु भयो । हजारौं विस्ताथापितहरु अहिले पनि त्रिपालमुनि कष्टकर जीवन विताइरहेका छन् । उनीहरुले अहिले आधारभूत आवश्यकता पनि पुरा गर्न सकेका छैनन । आफन्तहरु र सबै सम्पत्तीसमेत गुमाएर पीडित बनेकाहरु अहिले सरकारसंग गुनाशो गरिरहेका छन् ।

Thursday, February 11, 2016

चाहनाले होइन...........




चाहनाले होइन मौसमले डाकेपछि जान्छु.....
प्रकृतिसँग अकंमाल गर्न थाकेपछि जान्छु.....

पालुवाले पनि मलाई खोज्दाहुन भन्ने लाग्छ
प्रकृति बोलाउँछ र काफल पाकेपछि जान्छु

Tuesday, February 9, 2016

आमसंचार/पत्रकारिता किन पढने?

अविरल थापा 

केही समय अगाडि नेपाल पत्रकार महासंघको सभापति भईसकेका एकजना पत्रकारले सार्वजनिकरुपमै भने ‘पत्रकारिता गर्न पढिरहन पर्दैन।’ उनले यो कुरा होशमा भने अज्ञानमा भने कमजोरी लुकाउन भने वा आफनो सफलता देखाउनभने उनै जानुन्। तर यस कुराले एउटा गम्भीर कुरा चाहिँ के प्रतिविम्वत गर्छ भने अझैपनि घर बनाउन ठेकेदार भएपुग्छ इन्जिनियर चाहिँदैन भन्ने धङधङीबाट हाम्रा अग्रज भनाउँदाहरुको चेतना माथि उठ्न सकेको छैन।