Sunday, October 18, 2015

सुर्खेतीद्धारा चाडपर्वमा आत्मियता बाँड्दै संविधान कार्यान्वयको कामना

यसरी मनाउँदैछन सुर्खेतका पत्रकारहरु दशै 


 सुर्खेत, २ कात्तिक ।
यस वर्षको हिन्दूहरुको महान पर्व दशै (दशमी) आउन अब चार दिन मात्रै बाँकी छ । दशैसंग हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहार (दीपावली) र तराइबासीहरुको छठ पर्व पनि कर्मशः नजिकिएका छन् । यही असोज पाँच गते मनाइने दशैसहित त्यपछिका अन्य सबै पर्वहरुको अवसरमा औपचारिक रुपमा सुर्खेतमा पनि कार्यक्रम गरी शुभकामना आदानप्रदान गरिएको छ । 

सुर्खेतका राजनीतिककर्मीहरु, समाजसेवीहरु, बिभिन्न सहकारी संस्थाहरु, सरकारी कार्यालय तथा गैरसकारी संस्थाहरु, विभिन्न समूहहरु, सामाजिक संस्थाहरुले पनि औपचारिक रुपमा कार्यक्रमको आयोजना गरी शुभकामना आदान प्रदान गरेका छन् । 

सुर्खेतीहरुले चाडपर्वको अवसरमा साथीभाईहरु र आफन्तजनहरुसंग आत्मियता बाँड्दै यी चाडपर्वको पूर्वसन्धायामा विभिन्न कार्यक्रमहरु गरिरहेका छन् । दिनहुँजसो साथीभाईहरु र आफन्तजनहरुसंग भेटघाट गरी शुभकामना साट्ने कार्यक्रम भइरहेका छन् । यस पटक नयाँ संविधान पनि निर्माण भइ घोषणा भइसको भन्दै सुर्खेतीहरुले पनि दशै, तिहार लगायतका चाडपर्वले संविधानको कार्यान्वय गर्न सबैमा शक्ति प्रदान गरुन भनी शुभकामना पनि दिएका छन् ।

साथै देशमा राजनीतिक स्थायित्व, शान्ति अमन चयन होस भन्ने शुभकामना सुर्खेतीहरुले दिएका छन् । यसैबीच सुर्खेतका पत्रकारहरुले पनि आइतबार औपचारिक रुपमा दशै, तिहार र छड पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेका छन् । 

चाडपर्वको अवसरमा सबै पत्रकारहरुबीच भातृत्व र एकता बढाउँदै सद्भाव कायम गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रमा सहभागी भएका पुराना अग्रज पत्रकारहरु र नयाँ पत्रकारहरबीच चिनाजानी तथा सात्सात्कार गरिएको थियो । कार्यक्रममा सहभागी अग्रज पत्रकारहरुले पत्रकारका कलम सधै राष्ट्रियता र जनतामा केन्द्रित हुनुपर्ने भन्दै शुभकामना दिएका थिए । 

कार्यक्रममा पत्रकार महास.घका पूर्व केन्द्रीय उपाध्यक्ष बालाराम शर्माले अहिले पनि देशमा असहज परिस्थिति रहेको भन्दै यो अवस्थामा सबै चाडपर्वले पत्रकारहरुलाई राष्ट्रियताका पक्षमा कलम चलाउन शक्ति प्रदान गरुन भनी कामना गरेका थिए । उनले अहिले सुर्खेतको पत्रकारिता तुलनात्मक रुपमा धेरै गुणस्तरी भइसकेको भन्दै अझै गुणस्तरीय बनाउन सुझाव दिए । 

 यस्तै पत्रकार महासंघ सुर्खेतका शाखाका सल्लाहाकार तथा नागरिक पश्चिमेली संस्करणका सम्पादक कलेन्द्र सेजुवालले राष्ट्र निर्माणका लागि पत्रकारहरुको अहम भूमिका रहने भन्दै पत्रकारहरुले सधै देश निर्माण र जनतालाई केन्द्रमा राखेर पत्रकारिता गर्नुपर्ने बताए । ‘पत्रकारहरुको अहम भूमिका हुन्छ,’ सेजुवालले भने–‘राष्ट्र निर्माणका लागि देश र जनतालाई केन्द्रमा राखेर पत्रकारिता गर्न जरुरी छ ।’’ 

यस्तै शुभकामना आदानप्रदान कार्यक्रममा अग्रज पत्रकारहरु जीवनकुमार शाक्य, भानुभक्त भारती, पूर्व अध्यक्ष मोतीलाल पौडेले पनि शुभकामनाका साथ आफ्ना भनाइहरु राखेका थिए । यस्तै सुर्खेतका पत्रकारहरुले यसपट आ–आफ्नै परम्परा र रितअनुसार दशै–तिहार लगायतका चाडपर्वहरु मनाउने बताएका छन् । सबै चाडपर्वहरु आफ्नो संस्कार अनुसार तडकभडक नगरि मनाउन सुझाव दिदै पत्रकारहरुले आफूहरुले पनि त्यसरी नैमनाए बताएका छन् ।

पत्रकार महासंघ सुर्खेतका केन्द्रीय पार्षद हरिमाया शर्माले यस पटक आफन्तसंग भेटघाट गर्ने, घरमा भएका जेठाबाठाबाट टिका र आर्शिवाद ग्रहण गर्ने, पिङ खेल्ने योजना रहेको बताइन । यस्तै शर्माले चाडपर्व सबैले मनाउने भन्दै यसलाई कसैले पनि तडकभडक नबनाउन आग्रह गरिन । सामान्य मानछेले तडकभडकपूर्णरुपमा चाडपर्व मनाउन नसक्ने भएकोले उनीहरुको सम्मान गर्दै थप पीडा दिने गरी चाडपर्व कसैले पनि मनाउन नहुैन उनको भनाइ छ । 

 यस्तै जागरण एफएम सुर्खेतका स्टेशन म्यानेजर अकबर खानले पनि आपसि सद्भाव कायम गर्न चाडपर्वले महत्वपूर्ण योगदान दिने भन्दै साथीभाईहरुसंग भेटघाट गरेर मनाउने बताए । आफू मुस्लिम भएकोले औपचारिक रुपमा दशै नमनाएपनि साथीभाईहरुसंघ भेटघाट गरी दशै मनाउने बताए । यस्तै पत्रकार महासं, सुर्खेतका अर्का केन्द्रीय पार्षद गणेश वलीले घरमा जाने, आमाको हातको टिका र आशिर्वाद ग्रहण गर्ने, परिवारसंग रमाइलो गर्ने योजना बनाएको बताए । 

यस्तै सुनगाभा टेलिभिजनका निर्देशक ललित गाहाले परम्परागत रुपममै चलिआएको संस्कारलाई अवलम्बन गरी दशै मनाउने बताए । उनले मानयजनबाट टिकासंगै आशिर्वाद ग्रहण गर्ने, साथीभाईहरुबीच रमाइलो गरेर दशै–तिहार मनाउने बताए । पत्रकार महासंघ सुर्खेतका सदस्य जीवनकुमार शाहीले यस पटक हिन्दु परम्परा अनुसार आफ्नो दशै नभए पनि साथीभाइहरुबीच आपसी भातृत्व प्रगाढ बनाउने बताए । 

No comments:

Post a Comment