Sunday, December 6, 2015

एक्लै युद्ध लड्दा चिठी, पत्र हुनेछैन (मुक्तक)





1) पलपल सम्झिनुको अर्थ हुने छैन 
अब ती अधेरी रातको सर्त हुनेछैन

टाढाटाढा अब धेरै टाढा हुँदै छ यात्रा
हाे च्याट, इमेल, चिठी, पत्र हुनेछैन
2) 
एक्लै युद्ध लड्दै थिए शब्दशब्दले त्यही युद्ध हार्दै थिए शब्दशब्दले यातनासँगै रगतमा बिष मिसाइदा छानेर अमृत पार्दै थिए शब्दशब्दले

Tuesday, December 1, 2015



खेमराज वली ।
सुर्खेत, मंसिर १५ ।
दुई / चार रोपनी रुखो जग्गा । खानेपानी कै जोह गर्न कठिन । सिँचाई विनाको रुखो जग्गाको उत्पादनले उनको परिवारलाई दुई महिना पनि पुग्थेन । पाँच जनाको परिवार पाल्नु निकै परिश्रम गर्नु पर्ने । परिवारको भोक टार्न निकै कठिन थियो सुर्खेतका सुर्तेलाई (परिवर्तिन नाम) गरिबिकै कारण भोक टार्न समस्या भएपछि उनको विकल्प एउटा मात्रै थियो । उनी मजदुरीका लागि भारत जान थाले ।