Wednesday, August 12, 2015

जसले अखण्ड मध्यपश्चिमका नाममा बलिदान दिए



खेमराज वली/यज्ञ खत्री ।
साउन २७ सुर्खेत ।
tikaram gautam

 पेन्टिङ् गरेर परिवार पाल्थे गौतम

बि.स. २०२३ सालमा जन्मेका टिकाराम गौतम वीरेन्द्रनगर–३ भैरवस्थानका  स्थानीय बासिन्दा हुन । बाच्नका लागि गतिलो पेसा नभएपछि गौतमले  पेन्टिङ्  गर्दै घर खर्च चलाउने र छोराहरुलाई उच्च शिक्षा अध्ययन गराएका  थिए ।  महिनामा कस्सेरै काम गरे २५ हजारसम्म आम्दानी हुने गौतमको  सोमवार भएको  आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर धमलाचोक नजिक  मृत्यु भयो । उनका  जेठा छोरा अमृत गौतमले गोली
लागेर छटपटाईरहेका  बुवालाई समात्न खोज्दा  प्रहरीको उल्टै लाठी खानु प¥यो । बुवाको शोकमा  रहेका कान्छा छोरा दिपक  आन्दोलनको घाईते पनि हुन । हाम्रो टिम घरमा  पुग्दा उनले प्रहरीले शरीरभर  हानेको लाठिका निल डाम देखाउदै भने–‘‘मेरो  बुवालाई शहिद घोषणा गरियोस  बुवा जस्का लागि मर्नु भो उहाँको सपना  साकार होस ।’’ छातीमा गोली लागेपछि  मृत्यु  भएका ४९ वर्षीय टिकारामकी पत्नी दुर्गादेवी र आमा ८० बर्षीया इश्वरी गौतम अहिले शोकले अचेत छन ।

बुवाको मृत्युको खवर सुनिसकेपछि नेपालगन्जमा अध्ययन गरिरहेका कान्छा छोरा उत्तम सोमवार राती घर आइपुगे । उनी भन्छन ‘‘अब मलाई कस्ले पढाउँछ, पढाउने र खाना खुवाउने बुवालाई सरकारले गोली ठोकेर मारेपछि अब हामीलाई रोजगारी देओस् ।’’ सोमबार विहान ९ बजेतिर काम भेटिए काम गरौला नत्र आन्दोलनतिर जाउला भनेर घरवाट निस्किएका गौतम १२ वजे तिर गोली लागेपछि घरवाट निस्किएको उनको अन्तिम दिन भयो ।

yam bc (2)

 अधिकृतको सपना बोकेका बिसी

सुर्खेतको वीरेन्द्रनगर–८ भानुचोक घर भएका २७ वर्षीया यम बी.सी. ईमान्दार र  सालिन स्वभावका व्यक्ति थिए । उनलाई माध्यामिक तहदेखि अध्ययन गराउने  शिक्षक शुन्दरमान श्रेष्ठका अनुसार गाउँमा कसैलाई भनेर नविराउने र सबैलाई  सम्मान गर्ने स्वभावका बी.सी. प्रखर स्वभावका व्यक्ति हुन । वातावरण सुधार  संस्थामा करिब २ वर्ष काम गरेर सरकारी सेवामा अधिकृत हुने रुचिका साथ  काठमाडौं तयारी कक्षा लिन गएका उनी केहि दिन अगाडि मात्रै सुर्खेत फर्किएका  थिए । तीन महिने बच्चा पेटमा बोकेर बसेकी श्रीमतीको खबर संगै बसेर बुझ्न  सुर्खेत आएका उनी सोमबार साझ कहिल्यै नर्फकनेगरि विदा भएकाछन् ।  परिवारको कान्छो सन्तानको रुपमा रहेका बी.सी.का बुवा, आमा, दाई र एक बहिनी  छन । साथीहरुलाई भेटेर वातावरण सुधार समाज संस्थाबाट घर फर्कदै गर्दा  कालिङचोक नजिक प्रहरीले हानेको गोली लागेर उनको मृत्यु भयो । नजिकै रहेका  एक बृद्धको घाटिमा लागी चिप्लिएर बी.सीलाई गोली लागेको थियो । उनको  उपचारकै क्रममा मृत्यु भयो । आफन्तले उनको शव पनि अहिले बुझ्न मानेका  छैनन् । अहिले सुर्खेत नै अनाहाकमा मारिएका बी.सी.को शोकमा छ । आफन्तजन  परिवार र छिमेकी प्रश्न गरिरहेका छन बाटोमा हिँडिरहेका निर्दोषहरुलाई गोली    ठोक्नेलाई कारबाही कहिले हुन्छ ? 

राम्रो कोट सिउने परिचय बनाएका रजवार


ग्राहकको राम्रो कोट सिलाएर चर्चा कमाएका वीरेन्द्रनगर–३ का वर्षीया गोपालसिङ रजवारको सोमवार मंगल गढी चोक स्थित प्रहरी र आनदोलनकारीबीच भएको झडपमा मृत्यु भयो । खाना खाएर छोरा मंगलगडितीर के भैरहेको छ म हेरेर आउछु भनेर गएका रजवारको शव बुझ्न साझ छोरा जानुप¥यो । बिचबजारमा छोराले खोलेको गुडफिड टेलर्समा काम गरेर दिनमा १२ सय कमाउने रजवारका छोराहरु राजु,सन्जु दिपक र छोरी लक्ष्मी छन । घरमा पुग्दा शोकाकुल देखिएका सबै परिवारका सदस्यले भने –‘‘हाम्रो बुवा यसरी मर्दा अब हामी जस्ता गरिबलाई केही हुने सत्ता आईदिए हुन्थ्यो ।’’ क्षेत्रीय अस्पताल कालागाउँमा उनको शव राखिएको छ । उनलाई शहिद घोषणा लगाएतका माग गर्दै आफन्तले शव बुझ्न मानीरहेका छैनन् ।

No comments:

Post a Comment