Thursday, April 21, 2016

भैसी पाल्दैनन् नयाँ पुस्ता

 खेमराज वली ।
सुर्खेत, बैशाख ८ ।
७४ वर्षे प्रेमबहादुर केसीलाई कहिलेकाही आफ्नो युवा अवस्थाको याद आउँछ । त्यतिवेलाको दैनिकी सम्झिएर उनी आफै दङग पर्दछन । आफ्नो युवा अवस्थामा उनीगाई बस्तु र भैसी गोठालो जान्थे । उतै रमाईलो गर्दथे ।

साथीभाईहरु मिलेर भैसी चराउथे । बजेडिचौर–७ का खत्रीले सुनाए–‘‘आचेल त भैसीहरु धेरैले पाल्नै छोडे, त्यही पनि चराउने ठाउँ पनि छैन कहाँ गएर चराउनु र ?’’ 

बजेडिचौरका केसी जस्तै उनका धेरै दौतरीहरु थिए भैसी चराउने गोठालो । उनीहरु कुनै समय भैसीको गोठै सार्दथे । एकै घरका करिब दर्जन भैसीहरु बबईको किनारमा गोठ लैजान्थे । कराईका कराई दुध हुन्थ्यो । 

टिनका टिन ध्यू बनाउथे । घ्यू बाँकेको नेपालगञ्ज बेच्न लैजान्थे । भैसी चराउदाका रमाईला दिनहरु सम्झिदै केसीले गोठालो जाने दिन दुई मान दुध खाने गरेको बताए । ‘‘हामी गाउँबाट बबईमा भैसी चराउन गोठ नै लैजान्थ्यौ,’ केसीले भने–‘धेरै करैमा दुध हुन्थ्यो, गोठाला जाने दिन जमाएर बचेको दुई माना दुध पनि खाइन्थ्यो ।’’

केसीले आफू अधबैसे हुनेवेला नेपालगञ्जमा एक धार्नी घ्यूको मूल्य ३५ रुपैयाँ पुगेको र टिनका टिन घ्यू बोकेर नेपालगञ्ज लिएर बेच्ने गरेको बताए । त्यही घ्यूको पैसाले एक वर्षसम्म पुग्ने गरी आफूहरुले घरमा चाहिने सामानहरु ल्याउने गरेको सुनाए । ‘‘आय स्रोत भनेकै भैसीको घ्यू नै हो त्यतीवेला त,’ उनले भने–‘घ्यू बेचेर नेपालगञ्जबाट एक वर्षलाई पुग्ने गरी नुन, तेल जस्ता सामानहरु ल्याउँथ्यौ ।’’ 

बीष÷तीस वर्ष अगाडि पूवी सुर्खेतका सीम्ता क्षेत्रमा एउटै घरमा सात÷८ वठा भैसी पाल्ने गरिन्थ्यो । तर अहिले सिम्ता क्षेत्रमा सबैको घरमा एउटा÷एउटा भैसी समेत भेटाउन सकिदैन । आग्रिगाउँ–५ का टेकबहादुर भण्डारीले अहिले आफ्नो गाउँमा केहीले मात्रै एउटा÷दुईवटा भैसी पाल्ने गरेको बताए । उनले आफूहरुले भैसीका बथान न पाल्ने गरेको भएपनि अहिलेका पुस्ताले भैसी पाल्नै छोडेको बताए । 

आफैले १०÷१२ वटा भैसी पालेका उनले अहिले गाउँमा भैसी नै पाल्न छोडेको देख्दा अचम्म परेको बताए । ६७ वर्षे भण्डारीले अहिले घाँसपात नहुने र चराउने ठाउँ पनि नभएकोले भैसी पाल्न छोडेको बताए । 

यस्तै बजेडीचौर–६ का टेकबहादुर रानाले अहिलेका युवाहरु भारततिर श्रम गर्न जान तयार हुने तर भैसी पालेर गाउँघरमै बस्न नमान्ने गरेको बताए । आफ्नै गाउँका युवाहरु पनि भारतमा श्रम गर्न गएको भन्दै उनले पहिले युवाहरु नै गाईबस्तु र भैसी पालेर बस्ने गरेको सुनाए । 

अहिले गाउँबाट भैसी बिक्री गर्ने क्रम बढेको तर किनेर पाल्नेहरु निकै कम रहेको रानाले बताए । आmू बयस्क हुँदा १०÷१५ हजारमा थुप्रै भैसीहरु खरिद गरेर पालेका बजेडिचौर–८ का बेलबहादुर खत्रीले अहिलेका युवाहरुले यस्तो काम गर्ननमान्ने गरेको बताए । अहिले भैसी पाल्न दुःख पनि हुने र युवाहरु अलिअलि भएपनि पढेलेखेकोले उनीहरुले यो पेसामा नलाग्ने गरेको उनको भनाई छ । 

सुर्खेतका सीम्ता क्षेत्र मात्र नभई उत्तरपूर्वी गाविसहरु र पश्चिम क्षेत्रमा पनि अहिले भैसी पाल्न छोडिएको छ । केही ठाउँमा व्यवसायिक रुपमा गाई पालन गरिएको भएपनि भैसी पालनतर्फ भने कसैले ध्यान दिएका छैनन । सुर्खेतमा भैसी पालनको सम्भावना राम्रो भएपनि यसतर्फ किसानहरु आकर्षित सुर्खेत दुध उत्पादनमा पनि परनिर्भर हुन पर्ने अवस्था आउन थालेको छ । 

No comments:

Post a Comment