Friday, January 29, 2016

बालबालिकाको ‘नव जीवन’



खेमराज वली ।
सुर्खेत, माघ १६ ।
झुप्रा खोलाको किनार । दिलमायाको बुढाको झुप्रो । त्यही झुप्रोमा चलिरहेको थियो दिलमायाको दुःखी जीन्दगी । साना दुई छोरी एउटा छोरा । उनीहरुलाई हुर्काउन निकै धौधौ थियो दिलमायालाई । भेरी र भुप्रा खोलाको दोभान रमाइलै थियो घुम्न जानेहरुलाई त । कयौ मान्छेहरु वन भोज र रमाइलो गर्न जान्थे त्यहाँ तर भक्कानिन्थ्यो दिलमायाको मन । 

Friday, January 22, 2016

दुनियाको सिरानी बनेर जिउनु व्यर्थ लाग्छ

दुनियाको सिरानी बनेर जिउनु व्यर्थ लाग्छ
मुक्तिका लागि सराव पिउनु व्यर्थ लाग्छ

कसैले त सिरानी बनी भ¥याङ चढ्दै गए
त्यही सिरानी च्यातिएमा सिउनु व्यर्थ लाग्छ

Monday, January 18, 2016

मान्छे चिता बनाउदैन

सत्य त्यो हाे मृत्यु 
तर मान्छेहरु  
आफ्नो लागि चिता बनाउँदैन  
बनाउँछन मान्छेहरु आर्यघाट 
जलाइन्छ त्यही 
सम्झिदैनन् कसैले  
मलाई जलाईन्छ यही