Sunday, December 6, 2015

एक्लै युद्ध लड्दा चिठी, पत्र हुनेछैन (मुक्तक)





1) पलपल सम्झिनुको अर्थ हुने छैन 
अब ती अधेरी रातको सर्त हुनेछैन

टाढाटाढा अब धेरै टाढा हुँदै छ यात्रा
हाे च्याट, इमेल, चिठी, पत्र हुनेछैन
2) 
एक्लै युद्ध लड्दै थिए शब्दशब्दले त्यही युद्ध हार्दै थिए शब्दशब्दले यातनासँगै रगतमा बिष मिसाइदा छानेर अमृत पार्दै थिए शब्दशब्दले

Tuesday, December 1, 2015



खेमराज वली ।
सुर्खेत, मंसिर १५ ।
दुई / चार रोपनी रुखो जग्गा । खानेपानी कै जोह गर्न कठिन । सिँचाई विनाको रुखो जग्गाको उत्पादनले उनको परिवारलाई दुई महिना पनि पुग्थेन । पाँच जनाको परिवार पाल्नु निकै परिश्रम गर्नु पर्ने । परिवारको भोक टार्न निकै कठिन थियो सुर्खेतका सुर्तेलाई (परिवर्तिन नाम) गरिबिकै कारण भोक टार्न समस्या भएपछि उनको विकल्प एउटा मात्रै थियो । उनी मजदुरीका लागि भारत जान थाले ।

Tuesday, November 24, 2015

भेटिन उसलाई *****


अवसरको खोजीमा सडका
गल्लीहरुमा भौतारिएको ऊ
आज मैले एउटा ठुलो घरको छतमा देखे
संगालेका मनका सपनाहरु केवल
उसका मनमा बाँकि थिएनन् होला

ऊ मलाई देखेर हाँसिरहेको थियो
मैले पनि विस्तारै मधुर मुस्कान दिए
ऊ र म बोल्न भने सकेनौ
बास्तवमा यो के थियो  ?

मैले उसलाई एक चोटी पनि सोधिन
सोचेकी मैले यो ठुलो घर के उसकै हो

Monday, November 23, 2015

धन्यवाद मोदी, हामी आत्मनिर्भर बन्न थालेका छौं

खेमराज वली (अविछिन्न )
प्रधानमन्त्री मोदी ज्यू,
एक पटक सम्झना ।
तिमिलाई के लाग्दै छ ? हामी त सन्चै छौं । बाँचेका छौं । सायद मेरो जस्तै सबैको घरमा चुलो बलेकै छ । तिमिले नाकाबन्दी गरिदियौं । मेरो घरमा ग्याँस सकियो । तिमिले त थाहा पाएनौं होला गयाँस सकिएको । सोच्यौ होला मेरो बिकल्प पनि छैन भनेर । 

जब तिमीले नाकाबन्दी ग¥यौ त्यही दिनदेखि मैले वनमा गएर सुकेका दाउरा बटुलेको थिए । आज तिनै दाउराले मेरी आमा खाना पकाउँदै

Friday, November 6, 2015

मसानघाट या त मन्दिरमा अन्त्य ?

म .........

हिसाबकिताब स्पष्ट, तिम्रो शिरमा हुनेछ
तिमी वारी या त पारी त्यो तकदिरमा हुनेछ

यो त अन्तिम युद्ध हो तिम्रो र मेरो पृतको
अन्त्य अब मसानघाट या मन्दिरमा हुनेछ

Thursday, November 5, 2015

'शब्द जाली हुँ म


शब्दको जाल बुन्छु , शब्द जाली हुँ म
को पर्दैछ जालमा, देशको माली हुँ म

कतिसम्म फैलिनसक्छ अन्याय, अत्याचार
टेक्ने ठाउँ छैन अँह, भाँचिएको  डालि  हुँ म

तड्पेका छन् सारा , भोक र  कुपोषणले
भोजनविनै बचाउँछु, त्यस्तो बाली हँ म

बढिरहे अशान्ति र असहय पीडाका छालहरु
दुःखहरु विसाउने , अस्तित्वको आली हँु म

जति लडेपनि नेपालको अस्तित्व बचाउँन
केही बाँकी छैन् अब, शून्यता र खाली हुँ म

कहाँ छन हराएका उनीहरु


हराएका ६६ महिला र बालबालिका भेटिएनन 

खेमराज वली ।
सुर्खेत, कात्तिक २० ।
झट्न सुन्दा पत्याउनै गाह्रो छ । सुर्खेतमा दर्जनौ महिला र बालबालिका हराएका छन र उनीहरु भेटिएका छैनन् । एउटै जिल्लामा यति धेरै मान्छेहरु कसरी हराउँछन भन्ने लाग्न सक्छ धेरैलाई । तर सुर्खेत प्रहरीका तथ्याङ्मा भएको सत्य यही हो । सुर्खेतमा महिला, बालक र बालिकाहरु गरी अहिलेसम्म ६६ जना अहिलेसम्म भेटिएका छैनन् । लामो समयदेखि उनीहरुका आफन्तले हराएको भनी जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए तर ती ६६ जना अहिलेसम्म पनि भेटिएको खबर छैन । यो तथ्याङकले सबैलाई अचम्मित पारेको छ । जबकी दश वर्षे माओवादी सशस्त्र युद्धका बेलामा पनि सुर्खेतका १३ जना मात्रै वेपत्ता भएका थिए ।

Wednesday, October 28, 2015

चितामाथिको लास .......

1) 
चितामाथिको लास हेर्दै आँसु झारेको नाटक गर्नु
दोषि तिमि नै हौ, तर कसैले मारेको नाटक गर्नु

अस्तु भएर हराएको मेरो जिन्दिगिको याद गर्दै
तिमि भक्कानिदै जिन्दगिसँग हारेको नाटक गर्न



Sunday, October 18, 2015

सुर्खेतीद्धारा चाडपर्वमा आत्मियता बाँड्दै संविधान कार्यान्वयको कामना

यसरी मनाउँदैछन सुर्खेतका पत्रकारहरु दशै 


 सुर्खेत, २ कात्तिक ।
यस वर्षको हिन्दूहरुको महान पर्व दशै (दशमी) आउन अब चार दिन मात्रै बाँकी छ । दशैसंग हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहार (दीपावली) र तराइबासीहरुको छठ पर्व पनि कर्मशः नजिकिएका छन् । यही असोज पाँच गते मनाइने दशैसहित त्यपछिका अन्य सबै पर्वहरुको अवसरमा औपचारिक रुपमा सुर्खेतमा पनि कार्यक्रम गरी शुभकामना आदानप्रदान गरिएको छ । 

Thursday, September 10, 2015

क्रान्तिका डामहरु मेटिएको छैन अझै ....

क्रान्तिका डामहरु मेटिएको छैन अझै 
तर पनि उपलब्धि भेटिएको छैन् अझै  

केही छैन् आत्म गलानी जीवन वलिदान गर्छु
क्रान्तिसंग जोडेको नाता छुट्टिएको छैन् अझै

कविता हरायाे ‍‍‍......

तिमिलाई सन्चो थिएन
परेवाका पखेटामा गोली लाग्यो 
तिमिले मर्दैन त्यो भनेको लेखे 
आमा आज त्यही कविता हरायो

बाल्यकालका रहर....

स्वतन्त्रताका लहरहरु फर्किन्छन कि फेरि

बाल्यकालमा कोरेथे सुन्दर ती नक्साहरु 
कल्पनाका सहरहरु फर्किन्छन कि फेरि 

Tuesday, September 8, 2015

सुर्खेत कारागारमा सुरक्षा चुनौती


२५ जना क्षमता भएको कारागारमा १६४ कैदी

सुर्खेत ।

अहिले सुर्खेतमा कारागारका कैदीबन्दीहरु आन्दोलनमा उत्रिएका छन् । नयाँ बन्ने संविधानमा आममाफीको व्यवस्था गरिनुपर्ने भन्दै उनीहरुले आन्दोलन थालेका हुन् ।


Wednesday, August 26, 2015

त्रिपालमै बित्यो एक बर्ष, फाट्यो बाढीपहिरो पीडितको मन





आकाश गड्याङगुडुङ गर्छ । आरती बिकको मन पनि सिरिङ्ग हुन्छ । भाइबहिनीहरु र साथीभाइहरुसंगै खेलिरहेकी उनी दौडिदै नजिकैको त्रिपालुमुनि जान्छिन । पानी पर्दा त्यही त्रिपालले पनि छेक्दैन । उनी सधै भिज्छिन । छोराछोरीले भोक लाग्यो भन्छन चन्द्रबहादुरलाई के खुवाउने भन्ने चिन्ता हुन्छ ।


खेमराज वली ।
भदौ ९ सुर्खेत ।
आकाश गड्याङगुडुङ गर्छ । आरती बिकको मन पनि सिरिङ्ग हुन्छ । भाइबहिनीहरु र साथीभाइहरुसंगै खेलिरहेकी उनी दौडिदै नजिकैको त्रिपालुमुनि जान्छिन । पानी पर्दा त्यही त्रिपालले पनि छेक्दैन । उनी सधै भिज्छिन । छोराछोरीले भोक लाग्यो भन्छन चन्द्रबहादुरलाई के खुवाउने भन्ने चिन्ता हुन्छ । 

Saturday, August 22, 2015

सुर्खेत आन्दोलनका सडक डामहरु मेटाइयो (तस्बीरसहित)

DSC08410
भदौ ६ सुर्खेत ।
 सुर्खेतको वीरेन्द्रनगर बजारमा क्षेत्रमा आज विहानै सरसफाई गरिएको छ । सुर्खेत उद्योग बाणिज्य संघको नेतृत्वमा बजार क्षेत्रको सरसफाई गरिएको हो ।

सुर्खेतमा शनिबार खुसी र हर्षका नारा–‘प्रचण्ड, केपी, सुशिल दाई,छैटौं प्रदेश हाइहाई’ (तस्बीर कथा)

DSC08324
खेमराज वली ।
सुर्खेत, भदौ ४ ।
साउनको २४ गतेदेखि निरन्तर १३ दिनसम्म सुर्खेत निकै कोलाहालपूर्ण रह्यो । सुर्खेतका सबै बजारहरु ठप्प थिए । यदिसम्मकी सुर्खेतका होटेल, तरकारी पसल र मेडिकलसम्म खुल्न सकेनन् । विहानदेखि साँझसमम बिरोधका नारा र जुलुस, तोडफोड, बन्दुकको आवजा, अश्रु ग्याँस मिसिएको प्रदुषित हावा । सडकभर आनदोलनकर्ताm नेपाल प्रहर र सशस्त्र प्रहरी । सरकारी कार्यालय सुनसान । कार्यालय जाने बाटो बन्द । कार्यालय परिपरिको क्षेत्र निषेधित क्षेत्र घोषणा भयो ।

Monday, August 17, 2015

जले सीमाङकनको असहमतिमा ढलेका शरीरहरु

यो आन्दोलनमा बलिदान दिए पनि दश लाखका उनीहरुको शरिरको अन्त्यष्टि गरिएको भन्दै नागरिक संघर्ष समितिले भने आपत्ती जनाएको छ । समितिका प्रचण्ड पोख्रेलले सिमाङकनको असहमति र मध्यपश्चिमको लागि सुरु गरिएको आन्दोलनका लागि मृत्यु भएकाहरुलाई दश लाखमा लाहासंस्कार गरिएको भन्दै आक्रोश व्यक्त गरे ।
5

Wednesday, August 12, 2015

जसले अखण्ड मध्यपश्चिमका नाममा बलिदान दिए



खेमराज वली/यज्ञ खत्री ।
साउन २७ सुर्खेत ।
tikaram gautam

 पेन्टिङ् गरेर परिवार पाल्थे गौतम

बि.स. २०२३ सालमा जन्मेका टिकाराम गौतम वीरेन्द्रनगर–३ भैरवस्थानका  स्थानीय बासिन्दा हुन । बाच्नका लागि गतिलो पेसा नभएपछि गौतमले  पेन्टिङ्  गर्दै घर खर्च चलाउने र छोराहरुलाई उच्च शिक्षा अध्ययन गराएका  थिए ।  महिनामा कस्सेरै काम गरे २५ हजारसम्म आम्दानी हुने गौतमको  सोमवार भएको  आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर धमलाचोक नजिक  मृत्यु भयो । उनका  जेठा छोरा अमृत गौतमले गोली

Tuesday, August 11, 2015

सुर्खेतमा साँझ ६ बजेसम्म कर्फ्यू



11825885_1608954232697131_484742500099425168_nसाउन २७ सुर्खेत ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज दिउँसो नै कफ्र्यू जारी गरेको छ । आज विहान ११ बजेदेखि नै लागु हुने गरी साँझ ६ बजेसम्मका लागि कफुर्यू जारी गरिएको छ ।

उत्तर र पूर्वको इत्राम र शंकर चोक, दक्षिणको रत्नराजमार्ग, पश्चिमको खोर्केखोलासम्ममा कर्फुयू जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । अस्तिदेखि जिल्ला प्रशासन कार्यालय सुर्खेतले निरन्तर अर्फ्यू लागइरहेको छ ।
यसैबीच, अखण्ड मध्यपश्चिमको माग गर्दै सुरु भएको आन्दोलन सुर्खेतमा आज पनि जारी छ । आज चौथो दिन पनि सुर्खेतको वीरेन्द्रनगरको मंगलगढी चोकमा प्रदर्शनकारी ठूलो मात्रामा जम्मा भएका थिए ।

Monday, August 10, 2015

सुर्खेतको वीरेन्द्रनगर दंगाग्रस्त क्षेत्र घोषणा

 11825990_799437283509810_1438921469172773109_n
खेमराज वली । 
साउन २६ सुर्खेत ।  

सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ । जिल्ला प्रशासन  कार्यालय  सुर्खेतले बजार क्षेत्रका विभिन्न स्थानहरुलाई सूचना जारी गरी ती क्षेत्रमा प्रवेश नगर्न अनुरोध गरेको  छ ।

सुर्खेतमा पूर्व गृहमन्त्रीको घर बचाउन प्रहरीले सर्वसाधारणको ज्यान लियो



१) ३ जनाको मृत्यु, ४० बढी घाइते २) जनप्रतिनिधीप्रति सर्वसाधारण आक्रोशित ३) तीन दलका कार्यालय जले ४) प्रशासनसहितका सरकारी कार्यालयमा भौतिक क्षति


11830221_1629361317349322_1022783538_n
खेमराज वली ।
 साउन २५, सुर्खेत ।

Thursday, August 6, 2015

अब सुर्खेत उपत्यकामा सिसिटिभी

५० लाख बढी रकम आवश्यक पर्ने

 सुर्खेत, साउन २२ ।
सुर्खेतका बैंकहरुबाट जम्मा गर्दै गरेको रकम चोरी भएका घटनाहरु पटकपटक सार्वजनिक भए । बैंकहरु सुरक्षाको दुष्ट्रिकोणले संवेदशिल भएको यस्ता घटनाहरुले प्रष्ट पारिसकेको छ । पटकपटक बैंकहरु सुरक्षित हुनुपर्ने कुराहरु  पनि उठिरहेका छन् । यसै सन्दर्भमा सुर्खेतको वीरेन्द्रनगर बजारमा र विभिन्न संवेदनशिल स्थानहरुमा सुरक्षाको लागि सिसिटिभी जडान गर्ने कुरा उठिरहेका वेला औपचारिक रुपमै

असारे विकासमा अख्तियारको आँखा, सडकमा निगरानी बढ्यो

सुर्खेत, साउन २१ ।
वीरेन्द्रनगर–६ को शनिहल नजिकको सडकको लागि वीरेन्द्रनगर नगरपालिकाबाट बाढी पहिरो शीर्षकमा रकम छुट्याइएको थियो । 
उक्त शीर्षकको बजेट खर्च हुन सकेन । आर्थिक वर्ष २०७१÷०७२ सकिन लाग्दा पनि उक्त शीर्षकको रकम खर्च हुँने सम्भावना नभएपछि नगरपालिकाले त्यो शीर्षकलाई खर्च गर्न अर्काे ठाउँमा सम्झौता गरिदियो । असार मसान्तसम्म काम गरिसक्नुपर्ने भएपनि नगरपालिकाको कार्यालयले उक्त शीर्षकको रकम वीरेन्द्रनगर–६ को हटियालाइनको सडकको कालोपत्रे मर्मतका लागि मिलायो । 

नगरपालिकाले अघिल्लो आर्थिक वर्षकै बजेट मिलाएर यही साउन महिनामामा सडक कालोपत्रे मर्मतको काम सुरु ग¥ायो । तर असार सकिएपछि पुरानै बजेट मिलाएर गरेको कामको पूर्णरुपमा सम्पन्न नहुँदै

Friday, July 31, 2015

गुरुसंग मेरो संम्बन्ध

रगतको खोलामा जन्मिदै गुलाबको काँडाबीचमा हुर्किएकि मलाई के थाहा गुरुलाई कसरी संम्मान गर्नु पर्छ । आफुले सम्मान पाउनलाई अरुलाई सम्मान गर्नुपर्ने रहेछ । सधै जसो विद्यालय गयपनि आचरण भन्ने कुरा रटेर सिकिने होईन ।
तुल्सी आचार्य (सितल) 

गुरु पूर्णिमा, गुरुको सम्मान गर्ने दिन ग्ुारु भनेको ज्ञान, आचरण,अनुशासन सिकाउने व्याक्तिका रुपमा लिइन्छ । अझ संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ नष्ट गर्नु भएकाले गुरुले अन्धकार जस्तो अज्ञानतालाई नष्ट गरी ज्ञानको उज्यालो प्रदान गर्दछ । गुरु जस्लाई पुर्खादेखि नै मान्दै आईरहेका छौ । गुरुलाई हामी मातापिताको भन्दा पनि पहिलो देबताको स्थानमा राखेर पुज्छौ । गुरुको महत्व कहिले कम भएन । स्कुुल होस, कलेज होस वा

Monday, July 20, 2015

स्थानीय स्तरमा पनि दलकै आवाज

संविधानको मस्यौदामा सुझाव संकलन

यज्ञ खत्री ।
सुर्खेत, साउन ५ ।
‘नेपालको संविधान २०७२’ प्रस्तावित मस्यौदाको अहिले देशैभर सुझाव संकलन कार्य जारी छ । संविधानसभा सचिवायले गत आइतबार र सोमबार जिल्ला स्तरमा सुझाव संकलन गर्ने, मंगलबार र बुधबार निर्वाचन क्षेत्रका नागरिकहरुको सुझाव संकलन गर्ने कार्यतालिका तय गरेको थियो ।

'जनताले चुनेका प्रतिनिधी जनाले फिर्ता बोलाउन पाउनुपर्छ'

 सुर्खेत, साउन ३ ।
सुर्खेतका नागरिकहरुले अब बन्ने संविधानमा जनताले चुनेका प्रतिनिधीहरुलाई उनीहरुले नै फिर्ता बोलाउन सक्ने व्यवस्था गर्न माग गरेका छन् ।

‘नेपालको संविधान २०७२’ को प्रस्तावित मस्यौदाको संशोधनका लागि सुझाव संकलन भइरहेको अवस्थामा सुर्खेतमा यस्तो माग गरिएको हो । आफूले चुनेको प्रतिनिधी आफैले फिर्ता गर्ने व्यवस्था मस्यौदामा उल्लेख नगरिएको भन्दै स्थानीय नागरिकहरुले यसलाई संविधानमा व्यवस्था गर्न माग गरेका हुन् ।

प्रारम्भीक मस्यौदा संशोधनका लागि वीरेन्द्रनगरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमा सहभागी सर्वसाधारणहरुले यस्तो माग गरेका हुन् ।

Saturday, July 18, 2015

मस्यौदामाथी सुझाब माग्न आएका सभासदले जिविसको टेबुल फुटाले


कर्मचारी भन्छन अब कसरी काम गर्ने

बिटष्ले सुर्खेत आएकावेला नै अत्यधिक मदिरा सेवन गरी ट्राफिकलाई धम्क्याएपछि पनि विवादमा आएका थिए ।  मदिराराले मातेका उनले ट्राफिकले चेकजाँच गर्न खोज्दा ट्राफिकलाई नै दुव्र्यबहारसमेत गरेका थिए । 
वेलावेलामा विवादित बनिरहने सुर्खेतका एक जना सभासद पुनः विवादित काम गरेका छन् । ‘नेपालको संविधान २०७२’ को प्रारम्भीक मस्यौदाको सुझाव संकलन गर्न सुर्खेत आइपुगेका सभासद्ले जिल्ला विकास समिति, सुर्खेतमा पुगेर कर्मचारीलाई धम्क्याएका छन् । 

स्रोतका अनुसार सुर्खेत क्षेत्र नं. ३ बाट प्रत्यक्ष निर्वाचित सभासद् तथा नेपाली काँगेस सुर्खेतका सभापती तप्तबहादुर विष्टले जिल्ला विकास समितिका योजना तथा प्रशासकीय अधिकृत

FACE TALK-पत्रकार प्रकाश पन्त


१. के छ खबर ?
हजुर... ठिकै छ, आरामै छु । 
२. आज भोली केमा व्यस्त हुनुहुन्छ ?
पत्रकारिताको नियमित काममा । 
३. विवाहा भन्दा अगाडि प्रेम गर्नु भयो कि नाई ? 
हा हा हा ...गरियो नि ।
४.कलेज पढदा कत्तिको  आए लभलेटर ? 
आउँथे तर खासै त्यतातिर ध्यान गएन .......
५. आफुले चाहीँ कत्ति केटीलाई प्रपोज गर्नु भयो नि ? 

ज्यानमारा भ्रष्ट्राचारले गुमेको इमान


२०७२ साल बैशाख १२ गतेको भूकम्पको विनाशकाबीच पनि विभिन्न अनियमितता छताछुल्ल भए । कहिले त्रिपाल काण्ड त कहिले जस्तापाता काण्ड, कहिले राहत सामग्री बेचेको काण्ड । यस्ता काण्डमा मन्त्री र मन्त्रीका पिएको नाम जोडिएको थियो । सरकारकै मन्त्री जोडिएपछि सरकार उनीहरुको हेलमेटका रुपमा उपस्थित भयो । सरकार हेलमेट भएपछि अनियमितताको छानविन गुपचुपमै सीमित भयो ।
खेमराज वली (अविछिन्न)
नेपाल दाताहरुको दया र अन्तराष्ट्रिय सहयोगले निरन्तरता पाएको देश हो भन्दा खासै फरक पर्दैन । अन्तराष्ट्रिय दाताहरुले नेपालको याचनालाई अहिलेसम्म धन्न स्वीकार गरिदिएका छन् । नेपालको आर्थिक समृद्धि र नेपालीलाई बाँच्न सिकाउनका लागि भन्दै अन्तराष्ट्रिय दाताहरुले विभिन्न माध्यमबाट सहयोग गरिरहेका छन् । नेपालका लागि केही विकशित देशहरुले उदार भाव देखाएका छन् । यद्यपी त्यस्ता देशहरुको यो भावनासंगै केही स्वार्थ लुकेको हुनसक्छ । तर उनीहरुको लगानीले नेपाललाई थोरै भएपनि सहयोग पुगेकै छ । गत बैशाख १२ गते नेपालमा ठुलो भुकम्प गयो । भुकम्पले तहसनहस बनाइदिएको राजधानिसहित मध्य नेपालको पुननिर्माणको लागि पनि थुप्रै दाताहरुले उदार भाव देखाएका छन् । तर दाताहरुले हात फराकिलो बनाएर नेपालको पुननिर्माणको लागि सहयोगको बचन दिन सकिरहेका छैनन् । सरकारले आयोजना गरेको अन्तराष्ट्रिय दाता सम्मेलनमा सहभागी विभिन्न देशका प्रतिनिधीहरुले अस्पष्टरुपमा नेपालमा भ्रष्ट्राचार र अनियमितता बढिरकोले आफूहरुले खुलेर आर्थिक सहयोग गर्न नसकेको संकेत गरेका छन् ।

Friday, July 17, 2015

असुरक्षित पर्यटकीय स्थल


‘‘काँक्रेविहारमा यस अघी पनि केही घटनाहरु सार्वजनिक भएकाछन्, त्यसले पर्यटकलाई प्रभाव पारेको छ,’ उनले भने–‘पर्यटकलाई भित्र्याउने हो भने सुरक्षाको ग्यारेण्टी गर्न सक्नुपर्छ, त्यसका लागि मुख्य पर्यटकीय स्थलमा प्रहरी विट राख्न सकिन्छ ।’’

खेमराज वली ।
सुर्खेत, साउन १ ।
दाङ, घोराईका अनुपा वली र प्रभा वली पहिलो पटक महिला निरीक्षकको परीक्षा दिन सुर्खेत आए । पहिलो दिनको परीक्षा सकेर उनीहरु बुलबुले घुम्न गए । त्यो दिउँसोको समय थियो । उनीहरु बुलबुले घुमेर फर्किए । बुलबुलेबाट फर्किएका उनीहरुले बुलबुले उद्यानको चर्चा गर्दै भने-‘‘बनाउन सके त राम्रै हो नी है ।’’ उनीहरुले यति मात्रै भनेन् बुलबुलेमा केही ट्यापे मुन्द्रेहरु पनि भेटिएको भन्दै निकै असुरक्षित भएको बताए ।

Saturday, July 4, 2015

बदिलएका बस्तीहरु

खेमराज वली ।
सुर्खेत, असार  ।
वीरेन्द्रनगर नगरपालिकाबाट प्रस्टै देखिने । नौं किलोमिटर उत्तरतर्फको रमाइलो डाँडो । करिब दश वर्ष अघीसम्म सुनसान थियो । पातलो बस्ती । बाँझो जनिम । जंगलमा बाख्राहरु छाडा छोडिएका हुन्थे । 

गाउँमा शुन्य पसल । स्थानीयहरु दैनिक उपभोग्य सामग्री लिन वीरेन्द्रनगर नै झर्नुपर्ने अवस्था थियो । धेरै जस्तो जमिन बाँझै थियो । बाँझो डाँडो मुल्यहिन थियो । जग्गाको मुल्य निकै कम थियो । विक्री गर्न खोज्दा पनि मुल्य नपाउने अवस्था थियो । 

प्रहरीको काम महिलालाई ताली बजाउने र आँखा झिम्काउने हो र ?

दीपेन्द्र वली । 

सुर्खेत, २० असार । 

प्रहरी सेवा राष्ट्रसेवक मात्रै नभई कानूनको रक्षा गरि कार्यन्वयन गर्ने क्षेत्र पनि हो । तर राष्ट्रसेवक अनि कानूनको रक्षक भनि जागिर खाएर ग्रामीण क्षेत्रमा पुगेका प्रहरीहरुले आचरणविपरित क्रियाकलाप गर्ने गरेको पाइएको छ ।  


सुर्खेतको विद्यापुर गाविस वडानम्वर ६ का गंगा कँडेललगायत केहि महिलाहरु मिलबाटै फर्किँदै गर्नुभएको थियो । झिस्मिसे साँझ थियो, घर पुग्न हतार हतार थियो, अँध्यारो समयमा हाफ पाइन्ट (जाँगे) लगाएका व्यक्ति पनि बाटैमा भेटिए । महिलाहरुलाई देखेर उनले ताली बजाए, उनी थिए इलाका प्रहरी कार्यालय बावियाचौरमा कार्यरत एक प्रहरी ।  

Friday, June 19, 2015

लगातार उकालो चढेको सुर्खेतकाे एसएलसीको नतिजा खस्कियो

गत वर्षको भन्दा १७ प्रतिशतले घट्यो

इगरव्रिसका गणेश आचार्य जिल्ला प्रथम,सामुदायिकमा अमरज्योतीका भक्ति चालिसे प्रथमनियमित तर्फ २७ प्रतिशत उत्तीर्ण, गतवर्ष ४४ प्रतिशत

एक्जाम्टेडमा ४ प्रतिशत   
नियमित तर्फ १,५५६ (२७ प्रतिशत), गत वर्ष ३,३१४ जना (४४ प्रतिशत)
विशिष्ट श्रेणी, ७३, गतवर्ष १४१ ।
प्रथम श्रेणी : ७१० गतवर्ष ९१५ जना 
द्धितीय श्रेणी : ७३५ गतवर्ष १९४३
तृतीय श्रेणीमा ३८, गतवर्ष ३१५ 
अंक जोड्न छुटेको : १ गत वर्ष २ जना 
प्रयोगात्मक अंक छुटेको : २ गत वर्ष १० जना  
उमेर नपुगेको १ 
आंशिकतर्फ
जम्मा उत्तीर्ण : १२८ गत वर्ष ८८६ 
द्धितीय श्रेणी : ७६ गत वर्ष ६८१
तृतीय श्रेणी : ५२, गतवर्ष १९४ ।
खेमराज वली 
सुर्खेत, असार ४ ।
File picture 
वि.स. २०६८ सालको प्रवेशीका परीक्षामा सुर्खेतबाट २१.४६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । त्यसपछि २०६९ सालमा नतिजा बृद्धि गर्ने लक्ष्य जिल्ला शिक्षा कार्यालय सुर्खेतले लियो । जिल्ला शिक्षा कार्यालयको लक्ष्य जस्तै त्यो वर्ष नतिजामा सुधार भयो । त्यस वर्ष ७ प्रतिशतले नतिजामा बृद्धि भयो ।

Thursday, June 18, 2015

मध्यपश्चिमाञ्चल विश्वविद्यालय ६ वर्षमा प्रवेश


मेडिकल, हर्वल, कृषि र वन विज्ञान संचालन गर्ने योजना 

सुर्खेत, असार ३ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय पाँच वर्ष पुरा गरी ६ वर्षमा प्रवेश गरेको छ । यो विश्वविद्यालय वि.स. २०६७ साल असार ३ गतेदेखि संचालनमा आएको थियो । 

विश्वविद्यालयले पाँचौ वर्ष पुगेको अवसरमा विहीबार बार्षिक उत्सव मनाएको छ । विश्वविद्यालय स्थापना भएदेखि पहिलो पटक वार्षिक उत्सव मनाइएको हो । सुर्खेतका सबै क्षेत्रका सरोकारवालाहरुको सहभागितामा भएको वार्षिक उत्सव समारोहमा विश्वविद्यालयले हालसम्मको अवस्थाको बारेमा जानकारी दिदै भावी योजनाको बारेमा पनि जानकारी गराएको छ ।

बाढीले मोडिदिएको जिन्दगी

 बाढीबाट बिस्थापित भएको पुरा ९ महिना भइसक्दा पनि त्रिपाल मुनि बस्न बाध्य पार्वतीले अहिले शिविरमा बसेर गिट्टी कुटेर गुजारा चलाईरहेकी छन् । उनका अनुसार यो जिन्दगी जीउने नयाँ बाटो हो । वर्षमा दुई तीन सिजन खेतीपाती गरेर सहजरुपमा जीवन चलाएकी उनलाई अहिले गिट्टी कुटेर बाँच्न निकै गाह्रो छ तर बालबच्चाको जीवन बचाउन सक्ने एउटा आधार ढुङ्गा कुट्ने पेसा बनेको छ । 




Wednesday, June 17, 2015

सुर्खेतमा शिक्षा सम्बन्धी दुई सफल अभियान-

अनिवार्य आधारभूत शिक्षा र पूर्ण साक्षर 

  • नेपालकै पहिलो अनिवार्य आधारभूत शिक्षा प्रदायक जिल्ला 
  • पूर्ण साक्षरमा मध्यपश्चिम र सुदरपश्चिमको पहिलो  । नेपालकाे ९ अाै‌  स्थानमा ।


 खेमराज वली ।
सुर्खेत, जेठ २४ ।

सुर्खेत जिल्लामा संचालन गरिएका शिक्षा सम्बन्धी दुईवटा अभियानले सार्थकता पाएका छन् । जसले गर्दा सुर्खेतको मानव विकास सुचकाङक पनि बृद्धि हुनेछ । ती दुई सफल अभियानहरु अनिवार्य आधारभूत शिक्षा प्रदायक जिल्ला बनाउने अभियान र पूर्ण साक्षर बनाउने अभियान हुन् । 

Tuesday, June 16, 2015

११ दलद्वारा जिबिस बहिस्कारको निर्णय

– संविधान लेख्ने जिम्मेवारी पाएका सभासद् उपभोक्ता समिति बनाउनमै व्यस्त 
– स्थानीय विकास अधिकारी सभासद्को दवावमा

 
सुर्खेत, असार २ ।
 सुर्खेत, असार २ ।
सुर्खेतका ११ राजनीतिक दलहरुले जिल्ला विकास समिति बहिष्कार गर्ने निर्णय गरेका छन् । ११ दलहरको गत जेठ २७ गते भएको बैठकले यस्तो निर्णय गरेको हो । 

Friday, April 10, 2015

नयाँ नेपाल निर्माणको लागि ड्रिम टिम सार्वजनिक


राष्ट्रिय जागरण अभियान नेपालले ड्रिम टिम अफ नेपाल सार्वजनिक गरेको छ ।