Friday, June 19, 2015

लगातार उकालो चढेको सुर्खेतकाे एसएलसीको नतिजा खस्कियो

गत वर्षको भन्दा १७ प्रतिशतले घट्यो

इगरव्रिसका गणेश आचार्य जिल्ला प्रथम,सामुदायिकमा अमरज्योतीका भक्ति चालिसे प्रथमनियमित तर्फ २७ प्रतिशत उत्तीर्ण, गतवर्ष ४४ प्रतिशत

एक्जाम्टेडमा ४ प्रतिशत   
नियमित तर्फ १,५५६ (२७ प्रतिशत), गत वर्ष ३,३१४ जना (४४ प्रतिशत)
विशिष्ट श्रेणी, ७३, गतवर्ष १४१ ।
प्रथम श्रेणी : ७१० गतवर्ष ९१५ जना 
द्धितीय श्रेणी : ७३५ गतवर्ष १९४३
तृतीय श्रेणीमा ३८, गतवर्ष ३१५ 
अंक जोड्न छुटेको : १ गत वर्ष २ जना 
प्रयोगात्मक अंक छुटेको : २ गत वर्ष १० जना  
उमेर नपुगेको १ 
आंशिकतर्फ
जम्मा उत्तीर्ण : १२८ गत वर्ष ८८६ 
द्धितीय श्रेणी : ७६ गत वर्ष ६८१
तृतीय श्रेणी : ५२, गतवर्ष १९४ ।
खेमराज वली 
सुर्खेत, असार ४ ।
File picture 
वि.स. २०६८ सालको प्रवेशीका परीक्षामा सुर्खेतबाट २१.४६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । त्यसपछि २०६९ सालमा नतिजा बृद्धि गर्ने लक्ष्य जिल्ला शिक्षा कार्यालय सुर्खेतले लियो । जिल्ला शिक्षा कार्यालयको लक्ष्य जस्तै त्यो वर्ष नतिजामा सुधार भयो । त्यस वर्ष ७ प्रतिशतले नतिजामा बृद्धि भयो ।
२०६९ सालको प्रवेशीकामा २८.०४ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । लगातार प्रवेशीकाको नतिजा उकालो चढेपछि जिल्ला शिक्षा कार्यालयले पनि लक्ष्य बढाउँदै लग्यो । वि.स.२०७० मा लिइएको परीक्षाको नतिजा अझै उत्साह जनक आयो । गत तीन वर्षमा सुर्खेतको नतिजा यसरी नै उत्साह जनकरुपमा बृद्धि भइरह्यो । गत वर्ष नियमिततर्फ ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएपछि जिल्ला शिक्षा कार्यालयले २०७१ को प्रवेशीकाको नतिजा पनि बृद्धि गरेर ५० प्रतिशत पुर्याउने लक्ष्य राख्यो तर २०७१ सालको प्रवेशीकाको नतिजामा सुर्खेत फेरि पछाडि परेको छ । लक्ष्य भेटाउनुभन्दा पनि गत वर्षको भन्दा १७ प्रतिशतले सुर्खेतको नतिजा घटेको छ ।

अघिल्लो वर्षको परीक्षामा नियमिततर्फ ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा २०७१ को परीक्षामा जम्मा २७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । २०७१ को परीक्षामा सुर्खेतबाट नियमिततर्फ जम्मा पाँच हजार सात सय ६५ विद्यार्थी सहभागी भएकोमा एक हजार ५५६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । यस अघीको नतिजामा तीन हजार ३१४ जना विद्यार्थी उत्तीर्ण भएका थिए ।  यस वर्ष विशिष्ट श्रेणीमा ७३ जना उत्तीर्ण भएका छन् । गतवर्ष १४१ जना विशिष्ट श्रेणिामा उत्तीर्ण भएका थिए । यस्तै यस पटक प्रथम श्रेणीमा ७१० जना उत्तीर्ण भएका छन् । गतवर्ष ९१५ जना उत्तीर्ण भएका थिए । यस्तै द्धितीय श्रेणी यसपटक ७३५ जना उत्तीर्ण भएका छन् भने गतवर्ष एक हजार ९४३ जना विद्यार्थी द्धितीय श्रेणीमा उत्तीर्ण भएका थिए । यस्तै यस पटक तृतीय श्रेणीमा ३८ जना उत्तीर्ण भएका छन भने गत वर्ष तीन सय १५ जना उत्तीर्ण भएका थिए । यस वर्ष  अंक जोड्न छुटेको १ जना, प्रयोगात्मक अंक छुटेको २ जना र उमेर नपुगेको एक जना रहेका छन् ।

यस्तै यो वर्ष आंशिकतर्फ  दूई हजार ८ सय ८८ जना विद्यार्थीहरु सहभागी भएकोमा जम्मा १२८ जना उत्तीर्ण भएका छन । यो चार प्रतिशत मात्रै हो । यस अघी आंशिकतर्फ ८८६ जना उत्तीर्ण भएका थिए । यो वर्ष आंशिकतर्फ प्रथम श्रेणीमा एक जना पनि उत्तीर्ण भएका छैनन् । द्धितीय श्रेणी ७६, तृतीय श्रेणीमा ५२ जना उत्तीर्ण भएका छन् ।

यसपटक सुर्खेतका ९ विद्यालय निल  भएका छन् । भेरी मावि तरंगा, इन्द्रेणी मावि गोगने, नेरा मावि वेतान, प्रभात मावि कोलडाँडा, मावि नेवारे (खुला), सरस्वती मावि सिमघाट, नेरा मावि नयाँवन पोखरीकाँडा, जनजागृती मावि दमारे, कुनागरी र नेरामावि पारेगाउँ निल भएका छन् । यस मध्येका केही विद्यालय यस अघी पनि निल भएका विद्यालय हुन् । 

यस्तै यसपटक इगरव्रिसका गणेश आचार्यले जिल्ला टप गरेको विद्यालयले दावि गरेको छ । आचार्यले ९१.१२ प्रतिशत अंक ल्याएका छन् । यस्तै एसओएस हर्मनमाइनरका अगनाथ योगी ८९.५ प्रतिशत ल्याएर द्धितीय भएको दावि विद्यालयको छ । उषाकी गायत्री बुढा ८७.५ प्रतिशतले जिल्ला तृतीय भएकी छन् । छात्रातर्फ उनी जिल्ला प्रथम भएको विद्यालयको दावी छ । यस्तै अमर ज्योती नमूना उच्च माविका भक्ति चालिसे ८५.५ प्रतिशत अंक ल्याएर सामुदायिकतर्फ प्रथम भएका छन् । यस्तै कृष्ण संस्कृती तथा साधारण उमाविका आषिश बुढाले ८४.५० अंक ल्याएका छन् भने जन उच्च माध्यामिक विद्यालयका राजेन्द्र रिजालले ८१.५ प्रतिशत अंक ल्याएका छन् । यस्तै शिखर उमाविकी सीता विसीले ८० प्रतिशत ल्याएकी छन् ।

यस पटक पनि सैनीक आवासीले सतप्रतिशत नतिजा ल्याएको छ । यो विद्यालयले अघिल्लो वर्ष पनि सतप्रतिशत अंक ल्याएको थियो । यो वर्ष पनि संस्थागत विद्यालयको नतिजा उत्कृष्ट देखिएको छ । सामुदायिकको नतिजा निकै कम्जोर छ । यसपटक जिल्लाका जन उच्च माविबाट चार जना, कृष्ण संस्कृत तथा साधारण उमावि इत्राम र अमरज्योती नेवारेबाट दुई,दुई जना र शिखर उच्च माविबाट एक जना विशिष्टि श्रेणिमा उत्र्तीण भएका छन् । सामुदायिकमा विद्यालयमा जनमावि नै पिहलाे भएकाे छ ।
यता जिल्ला शिक्षा कार्यालयले भने परीक्षाा पणालीमा सुधार भएकाेले नतिजा कम्जाेर देखिएकाे दावि गरेकाे छ । 
नोट : यहाँ समावेश गरिएको तथ्याङक जिल्ला शिक्षा कार्यालयको आधिकारिक भने होइन । केही त्रुटी भए सच्याउन सकिने छ । 

No comments:

Post a Comment