Thursday, June 18, 2015

बाढीले मोडिदिएको जिन्दगी

 बाढीबाट बिस्थापित भएको पुरा ९ महिना भइसक्दा पनि त्रिपाल मुनि बस्न बाध्य पार्वतीले अहिले शिविरमा बसेर गिट्टी कुटेर गुजारा चलाईरहेकी छन् । उनका अनुसार यो जिन्दगी जीउने नयाँ बाटो हो । वर्षमा दुई तीन सिजन खेतीपाती गरेर सहजरुपमा जीवन चलाएकी उनलाई अहिले गिट्टी कुटेर बाँच्न निकै गाह्रो छ तर बालबच्चाको जीवन बचाउन सक्ने एउटा आधार ढुङ्गा कुट्ने पेसा बनेको छ । 




खेमराज वली
सुर्खेत, जेठ १ ।

घाम चर्किदै गएको थियो । सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरबाट राजनीतिक दलका जिम्मेवार नेताहरु र केही सरकारी कार्यालयका प्रतिनिधीहरु सवार गाडीहरु कुनाथरीको गिरीघाटमा रहेको बाढी पीडितहरुको अस्थायी शिविर नजिक पुगे । एक पछि अर्काै गर्दै संगसंगै दुईवटा गाडीहरु ढ्याक्क रोकिए । त्यतिवेला पार्वती विक चर्किदै गरेको घाममा पसिना चुहाउँदै गिट्टी कुट्दै थिइन ।  पार्वतीका आँखाले गाडीमा सवार मान्छेहरुलाई शिविरमा देखेपनि उनी आफ्नो ८ वर्षे छोरालाई साथ लगाएर गिट्टी कुटिरहिन । घामपानी छेक्न नसक्ने त्रिपालमुनिको कष्टकर जीवन विताइरहेकी पार्वतीको दैनिकी यस्तै छ । छोरालाई पढाउने, जागिर खुवाउने सपना बोकेकि पार्वतीलाई अहिले बाँच्नकै लागि संघर्ष गरिरहनु परेको छ ।

पहिले हरिहरपुरमा आफ्नै जग्गामै खेतीपाती गरेर दैनिकी चलाउँदै आएकी पार्वतीकोे जीवनको बाटो अघिल्लो वर्षको साउन अन्तिम हप्ता आएको बाढीले यसरी परिवर्तन गरिदिएको छ । बाढीबाट बिस्थापित भएको पुरा ९ महिना भइसक्दा पनि त्रिपाल मुनि बस्न बाध्य पार्वतीले अहिले शिविरमा बसेर गिट्टी कुटेर गुजारा चलाईरहेकी छन् । उनका अनुसार यो जिन्दगी जीउने नयाँ बाटो हो । वर्षमा दुई तीन सिजन खेतीपाती गरेर सहजरुपमा जीवन चलाएकी उनलाई अहिले गिट्टी कुटेर बाँच्न निकै गाह्रो छ तर बालबच्चाको जीवन बचाउन सक्ने एउटा आधार ढुङ्गा कुट्ने पेसा बनेको छ ।

 गत साउनको अन्तिम हप्ता आएको बाढीपहिरोले यसरी नै धेरैको जीवनको बाटो नै परिवर्तन गरिदिएको छ  ।  कतिका सपनाहरु परिवर्तन भएका छन् । गिरीघाट शिविरमा बस्दै आएकी हरिहरपूर–५ कि मानकुमारी थापाको अवस्था पनि त्यस्तै छ । गरेर खाने अरु बाटो केही छैन । बालबच्चा पाल्न र आफू पालिन गिट्टी कुट्नु परेको उहाँको भनाई छ । ‘‘पहिले त कहाँ यस्तो गरिन्थ्यो र ?’ त्रिपाल नजिकै ढुङगा कुट्दै गरेकी उनले भनिन–‘ अहिले त यसरी नै बालबच्चा पाल्नु परेको छ ।’’

दैनिक ढुङगा कुटेर मात्रै उनको परिवारलाई हातमुख जोड्न अझै समस्या छ । पेटभरी खाना नपाएको भएपनि ढुङ्गा कुटेर गुजरा चलाएको पार्वतीले बताइन । ‘‘जे जस्तो भएपनि आफ्नै जग्गामा खेतीपाती गरेर खाएकै थियांै,’ उनले भनिन्–‘बाढीले यस्तो बनायो, गिट्टी कुटेर गुजरा गरेका छांै ।’’ उनले जग्गा र आफ्नो ८ वर्षे छोरासमेत बाढीमा गुमाएको भन्दै बाँचेका आफूहरु पनि निकै कष्टकर जीवन विताउन बाध्य भएको बताइन । ‘‘थियो जग्गा पनि, सबै लियो, एउटा ८ वर्षका जुम्ल्याहा छोरा थिए, एउटा बाढीसंगै बग्यो ।’’ उनले मर्ने मरेर गएपनि बाँचेकाहरुलाई सरकारले घर हाल्ने ठाउँ दिएको भए केही सजिलो हुने आशा आफूमा रहेको बताइन ।

गत साउनको अन्तिम हप्ता आएको बाढीपहिरोले यसरी नै धेरैको जीवनको बाटो नै परिवर्तन गरिदिएको छ  । 
कतिका सपनाहरु परिवर्तन भएका छन् । गिरीघाट शिविरमा बस्दै आएकी हरिहरपूर–५ कि मानकुमारी थापाको अवस्था पनि त्यस्तै छ । गरेर खाने अरु बाटो केही छैन । बालबच्चा पाल्न र आफू पालिन गिट्टी कुट्नु परेको उहाँको भनाई छ । ‘‘पहिले त कहाँ यस्तो गरिन्थ्यो र ?’ त्रिपाल नजिकै ढुङगा कुट्दै गरेकी उनले भनिन–‘ अहिले त यसरी नै बालबच्चा पाल्नु परेको छ ।’’ आफू मात्रै नभएर सबैले कष्टकररुपमा जीवन बिताउन थालेको यति लामो समय भइसकेको भन्दै सरकारले केही नगरे पनि बाँच्नका लागि यसरी नै संघर्ष गरिरहने बताइन ।

गत साउनको अन्तिम हप्ता आएको बाढीपहिरोले सुर्खेतका हजारौं सर्वसाधारणहरु विस्थापित भए तर उनीहरुको अहिलेसम्म पनि पुनस्र्थापना हुन नसक्दा दैनिकी निकै कष्टपूर्ण बनेको छ । बाढी आउनुपूर्व सहजरुपमा दैनिकी चलाएका उनीहरुको दैनिकी अहिले निकै कष्टपूर्ण छ । कोही गिट्टी कुटेर बालबच्चा पालिरहेका छन्, कोही ज्यालामजदुरी गरिरहेका छन् । कतिपय त काम नपाएर भारत पलाएन भइसकेका छन् । बाबियाचौरको तिखाकुनाका भिमबहादुर शाहीको दैनिकी पनि फेरिएको छ । जुन निकै कष्टपूर्ण छ  । 
  दिउँसोको समयमा मजदुरी गर्ने र साँझ शिविरमा आइपुग्ने गरेको भन्दै उनले ज्यान बचाउनकै लागि यस्ता कामहरु गर्न थालेको बताए । ‘‘ के गर्ने अरु गर्ने केही छैन, कहिल्यै नगरेको काम गर्नु परेकोछ,’ उनले भने–‘प्राणी जोगाउन अहिले सडक खन्ने काम गरिरहेका छांै ।’’ 
तिखाकुनामा पक्कि घरमा बस्दै आएका उनी अहिले परिवार पाल्न सडक खन्ने काममा लागेका छन् । केही गैरसरकारी संस्थाहरुले संचालन गरेको कार्यक्रमहरु अन्तर्गत निर्माण गर्न लागिएका सडक खन्दा केही पारिश्रमिक मिल्ने भएकोले उनले दैनिक सडक खन्ने काममा लागेको बताए । पहिलेको जस्तो जीवन बाँच्न नपाएपनि अहिले ज्याला मजदुरी गरिरहेको उनले बताए । दिउँसोको समयमा मजदुरी गर्ने र साँझ शिविरमा आइपुग्ने गरेको भन्दै उनले ज्यान बचाउनकै लागि यस्ता कामहरु गर्न थालेको बताए । ‘‘ के गर्ने अरु गर्ने केही छैन, कहिल्यै नगरेको काम गर्नु परेकोछ,’ उनले भने–‘प्राणी जोगाउन अहिले सडक खन्ने काम गरिरहेका छांै ।’’ उनले आफूहरुले सरकारले दिएको राहात पनि पाउन नसकेको भन्दै अब सरकारले पुनस्र्थापना गरिदिए ढुक्कसंग बाँच्न पाउन आशा रहेको बताए ।

सुर्खेतमा अघिल्लो वर्षको साउनमा आएको बाढीपहिरोबाट एक सय २५ जनाको मृत्यु भएको थियो भने हजारांै विस्थापित भएका थिए । विस्थापितहरुको अहिलेसम्म पनि पुनस्र्थापना हुन सकेको छैन ।

तस्बीर :छोरालाई साथ लगाएर गिरीघाट शिविरमा ढुङ्गा कुटेर गिट्टी बनाउँदै हरिहरपूरकी बाढी पीडित पार्वती विक  ।।

No comments:

Post a Comment