Thursday, June 18, 2015

मध्यपश्चिमाञ्चल विश्वविद्यालय ६ वर्षमा प्रवेश


मेडिकल, हर्वल, कृषि र वन विज्ञान संचालन गर्ने योजना 

सुर्खेत, असार ३ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय पाँच वर्ष पुरा गरी ६ वर्षमा प्रवेश गरेको छ । यो विश्वविद्यालय वि.स. २०६७ साल असार ३ गतेदेखि संचालनमा आएको थियो । 

विश्वविद्यालयले पाँचौ वर्ष पुगेको अवसरमा विहीबार बार्षिक उत्सव मनाएको छ । विश्वविद्यालय स्थापना भएदेखि पहिलो पटक वार्षिक उत्सव मनाइएको हो । सुर्खेतका सबै क्षेत्रका सरोकारवालाहरुको सहभागितामा भएको वार्षिक उत्सव समारोहमा विश्वविद्यालयले हालसम्मको अवस्थाको बारेमा जानकारी दिदै भावी योजनाको बारेमा पनि जानकारी गराएको छ ।

‘‘हामीले भावि कार्ययोजना तयार गरेका छांै,’ उनले भने–‘अहिले भएका संकायहरुलाई व्यवस्थित गर्दै अब चिकित्साशास्त्र, हर्वल, कृषि र वन विज्ञानका संकाय पनि संचालन गर्दै छांै ।’’ 


कार्यक्रममा विश्वविद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले पछिल्लो समय विश्वविद्यालयले गति लिएको र यसको भविष्यका लागि भावी कार्ययोजना तयार गरी काम सुरु गरिएको जानकारी गराए । अहिले विश्वविद्यालयमा संचालनमा आएका संकायहरुलाई व्यवस्थित गरी आगामी दिनमा अन्य नयाँ कार्यक्रम ल्याउने तयारी गरिएको मल्लको भनाइ छ । 
भावी योजनाका बारेमा जानकारी दिदै रजिष्ट्रार मल्लले नियमित मोड अन्तर्गत सेमेस्टर प्रणालीमा सबै विद्यार्थीको पहँुच नपुग्ने भएकोले खुल्ला तथा दूर शिक्षा सिकाई कार्यक्रम थालनी गर्ने, भौतिक पूर्वाधारको परिपूर्तीका लागि केन्द्रीय कार्यालय, डीन कार्यालय, सेवा आयोगको कार्यालय, परीक्षा अभिलेख कार्यालयहरुको भवन, पुस्तकालय भवन र शैक्षणिक भवनको स्थापना गर्ने बताए । 

प्रतिवेदन प्रस्तुत गर्दै उनले आगामी दिनमा चिकित्साशास्त्र, हर्वल, कृषि र वन विज्ञान जस्ता संकायहरुको पनि संचालन गर्ने तयारी गरिएको बताए । ‘‘हामीले भावि कार्ययोजना तयार गरेका छांै,’ उनले भने–‘अहिले भएका संकायहरुलाई व्यवस्थित गर्दै अब चिकित्साशास्त्र, हर्वल, कृषि र वन विज्ञानका संकाय पनि संचालन गर्दै छांै ।’’ भावी योजनाका बारेमा जानकारी दिदै रजिष्ट्रार मल्लले नियमित मोड अन्तर्गत सेमेस्टर प्रणालीमा सबै विद्यार्थीको पहँुच नपुग्ने भएकोले खुल्ला तथा दूर शिक्षा सिकाई कार्यक्रम थालनी गर्ने, भौतिक पूर्वाधारको परिपूर्तीका लागि केन्द्रीय कार्यालय, डीन कार्यालय, सेवा आयोगको कार्यालय, परीक्षा अभिलेख कार्यालयहरुको भवन, पुस्तकालय भवन र शैक्षणिक भवनको स्थापना गर्ने बताए ।

आगामी दिनहरु समयअनुसार पाठ्यक्रमहरु परिर्मान गर्ने, अन्तराष्ट्रिय सम्बन्ध विस्तारका लागि अन्तराष्ट्रिय सम्बन्ध निर्देशनालयको स्थापना गर्ने, अध्ययन, अध्यापन र अनुसन्धानका लागि यसिया, यूरोप र अमेरिकाका विश्वविद्यालयहरुसंग सम्बन्ध स्थापित गर्ने, अनुसन्धानका क्रियाकलापमा विशेष जोड दिने, सेमेस्टर प्रणालीलाई प्रभावकारी बनाउने, उच्चस्तरीयय जनशक्ति व्यवस्थापनका लागि अतिथी प्राध्यापकहरुको व्यवस्थापन गर्ने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका यस्ता योजना तथा भावी कार्यक्रमहरु संचालन गर्न सबै क्षेत्र र पक्षको महत्वपूर्ण भूमिका रहने रजिष्ट्रार मल्लले बताए ।

विश्वविद्यालयको प्रतिवेदनमा भौतिक संरचनाको अभाव रहेको समेत उल्लेख गरिएको छ । साथै विश्वविद्यालयमा आर्थिक पक्ष पनि कम्जोर रहेको र बजेट माग गरेजति उपलब्ध नहुनुले पनिसमस्या भएको भताइएको छ । यस अघि विश्वविद्यालयको लागि वाग्दान गरेकाहरुबाट पनि जमिन तथा रकम आइनसेको प्रतिवेदनमा उल्लेख छ ।

उत्सव समारोहमा सहभागीहरुले भने विश्वविद्यालयका पदाधिकारीहरुलाई आगामी दिनहरुमा सबै पक्ष र क्षेत्रसंग समन्वय गरेर अगाडि बढ्न सुझाव दिएका थिए । कार्यक्रममा प्रमुख अतिथी नेपाली काँग्रेसका सह–महामन्त्री तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले समिक्षा गरेर अगाडि बढ्न विश्वविद्यालयका पदाधिकारीहरुलाई सुझाव दिए । उनले सबैका सुझावहरुका आधारमा समिक्षा गरी विश्वविद्यालयका कार्यक्रमहरु अगाडि बढाए सफल हुने भन्दै पदाधिकारीहरुलाई समिक्षा गरेर अगाडि बढ्न सुझाव दिए । विश्वविद्यालयको विकासको लागि सबैको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले आफूले पनि आवश्यकताअनुसार सहयोग गरिरहने प्रतिबद्धता जनाए । 

पूर्वसभासद् तथा एमाओवादी सुर्खेतका अध्यक्ष नरबहादुर विष्टले अहिले नै थप संकायहरु थप्नुभन्दा पनि भएका संकायहरुलाई रकार्यक्रमहरुलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले शैक्षिक धरोहरका रुपमा रहेको विश्वविद्यालयमा पनि राजनीति देखिएको भन्दै राजनीतिक नगर्न आग्रहसमेत गरे ।

कार्यक्रमा पूर्वसभासद् तथा एमाओवादी सुर्खेतका अध्यक्ष नरबहादुर विष्टले अहिले नै थप संकायहरु थप्नुभन्दा पनि भएका संकायहरुलाई रकार्यक्रमहरुलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले शैक्षिक धरोहरका रुपमा रहेको विश्वविद्यालयमा पनि राजनीति देखिएको भन्दै राजनीतिक नगर्न आग्रहसमेत गरे । यस्तै नेकपा (एमाले) सुर्खेतका सचिव मोहन बडुवालले विश्वविद्यालयमा सबैको सहभागितामा योजनाहरु बनाइनुपर्ने बताए । विश्वविद्यालय स्थापनापछि सोचअनुसार संचालन हुन नसकेको भन्दै अहिलेका पदाधिकारीहरुले पनि सबैसंग सहकार्य र समन्वय नगरेको बताए । 

यस्तै एकीकृत नेकपा माओवादी सुर्खेतका सहसचिव जितबहादुर रानाले विश्वविद्यालय स्ट्यान्डर मेन्टेन गरेर मात्रै अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले सबै दल र सरोकारवालाहरुसंग समन्वय र सहकार्य गरी अगाडि बढ्न सुझाव दिए । कार्यक्रममा नेकपा–माओवादीका केन्द्रयि सदस्य चक्रपाणी शर्माले पनि विश्वविद्यालयले सबैसंग सहकार्य नगरेको भन्दै हालको विश्वविद्यालयको अवस्थालाई व्यवस्थापन गरेर मात्रै अरु कामहरु अगाडि बढाउन सुझाव दिएका  छन् । 

कार्यक्रममा विद्यार्थी संगठनका प्रतिनिधीहरुले विश्वविद्यालयले विद्यार्थीहरुलाई जतिसक्दो सुलभ र बैज्ञानिक शिक्षा दिनेतर्फ ध्यान दिनु पर्नेमा जोड दिएका थिए । उनीहरुले विश्वविद्यालयको भौतिक संरचानाहरु र शैक्षिक सामग्रिहरुको प्रयाप्तता र पाठ्यक्रम परिमार्जन तथा सुधार गर्नुपर्ने माग गरेका छन् । कार्यक्रममा पाँचौ वर्ष पुरा भएको अवसरमा संचालन गरिएका सप्ताहव्यापी कार्यक्रममा सहभागि भएका विद्यार्थीहरुलाई पुरस्कारसमेत वितरण गरिएको थियो । 

कार्यक्रम विश्वविद्यायका उपकुलपति कालिप्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न भएको  हो ।

No comments:

Post a Comment