Wednesday, June 17, 2015

सुर्खेतमा शिक्षा सम्बन्धी दुई सफल अभियान-

अनिवार्य आधारभूत शिक्षा र पूर्ण साक्षर 

  • नेपालकै पहिलो अनिवार्य आधारभूत शिक्षा प्रदायक जिल्ला 
  • पूर्ण साक्षरमा मध्यपश्चिम र सुदरपश्चिमको पहिलो  । नेपालकाे ९ अाै‌  स्थानमा ।


 खेमराज वली ।
सुर्खेत, जेठ २४ ।

सुर्खेत जिल्लामा संचालन गरिएका शिक्षा सम्बन्धी दुईवटा अभियानले सार्थकता पाएका छन् । जसले गर्दा सुर्खेतको मानव विकास सुचकाङक पनि बृद्धि हुनेछ । ती दुई सफल अभियानहरु अनिवार्य आधारभूत शिक्षा प्रदायक जिल्ला बनाउने अभियान र पूर्ण साक्षर बनाउने अभियान हुन् । 



  यो अभियान वि.स. २०६५ साल साउन १ गते सुर्खेतको गर्पन गाउँ विकास समितिलाई नेपालकै पहिलो अनिवार्य आधारभूत शिक्षा पदायक गाविस घोषणा गरेर सुरु भएको थियो । 

यी दुईवटै अभियान नेपालमै पहिलोपटक सुर्खेतबाट सुरु भएका अभियानहरु हुन । नेपाल सरकारले यी दुवै अभियानको लागि योजना, रणनीति तथा निर्देशिका नबाउँदै सुर्खेतमा दुवै अभियान सुरु भइसकेका थिए । जुन अभियानले अहिले सार्थकता पनि पाइसकेका छन् । 

नेपालमै पहिलो पटक सुर्खेतबाटै सुरु भएको अनिवार्य आधारभूत शिक्षा प्रदायक अभियान अन्तर्गत सुर्खेत जिल्ला नेपालकै पहिलो अनिवार्य आधारभूत शिक्षा प्रदायक जिल्ला घोषणा भएकाे  । यो अभियान वि.स. २०६५ साल साउन १ गते सुर्खेतको गर्पन गाउँ विकास समितिलाई नेपालकै पहिलो अनिवार्य आधारभूत शिक्षा पदायक गाविस घोषणा गरेर सुरु भएको थियो । 

यस पछि अभियानलाई निरन्तरता दिइएपछि सोमबार नेपालकै पहिलो पहिलो जिल्लाका रुपमा सुर्खेत घोषणा भएकाे छ । २०६६ सालपछिको केही समय यो अभियानको गती सीमित भएपनि त्यसपछिका वर्षहरुमा पुनः गति लिएपछि अभियानले सार्थकता पाएको हो । 


योसंगै सुर्खेतबाटै पहिलो पटक संचालन गरिएको पूर्ण साक्षर अभियानले पनि सार्थकता पाएको छ । सोमबार नै सुर्खेतलाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएकाे छ । यो अभियानअन्तर्गत सुर्खेत मध्य तथा सुदुरपश्चिमको पहिलो हुँदै छ । यस्तै नेपालको ९ आै स्थानमा परेकाे छ । यो पूर्ण साक्षर घोषणा अभियान पनि नेपालमै पहिलो पटक सुर्खेतबाटै सुरु भएको हो ।

यसको सुरु वि.स. २०४५ सालदेखि सुरु भएको हो । निरक्षर उन्मूलन चुनौती पूर्ण भएको हुँदा र अभियानले बीचको समयमा गति लिन नसक्दा २७ वर्ष पछि मात्रे यो अभियानले सार्थकता पाएको हो । यद्यपी ५० हजार भन्दा धेरै निरक्षरहरुलाई साक्षर बनाउनु पनि निकै चुनौती हुँदा हुँदै पनि यो अभियान पनि सफल भएको जिल्ला शिक्षा कार्यालय सुर्खेतको भनाइ छ । 

५० हजार बढी नागरिकहरु निरक्षर भएको सुर्खेतमा हाल १५ वर्ष माथिको कुल जनसंख्या मध्ये करिब ९७ प्रतिशत नागरिकहरु साक्षर भएका छन् भने तीन प्रतिशत नागरिकहरु मात्रै निरक्षर रहेको जिल्ला शिक्षा कार्यालय सुर्खेतका सहायक जिल्ला शिक्षा अधिकारी धुर्वराज पौडेलले जानकारी दिए । 

 यसरी यी दुई अभियान सार्थक निष्कर्षमा पुगेकोले सुर्खेतीहरुले धक नमानी गर्व गर्नसक्नु पर्दछ । घोषणा मात्रै ठुलो कुरा रहेन । अबका दिनमा बाँकी रहेका केही निरक्षरलाई साक्षर बनाउने र विद्यालय जाने उमेरका बालबालकाहरुलाई विद्यालय ल्याउने जिम्मा र उत्तरदायित्व पनि सुर्खेती नागरिकहरुमै छ । 

यस्तै, पाँच वर्षदेखि १२ वर्ष अर्थात आधारभूत तह अध्ययन गर्ने उमेर समूहका ९८ प्रतिशत बालबालिकाहरु विद्यालयको पहुँचमा आइसकेको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जनाएको छ । पूर्ण साक्षरका लागि ९५ प्रतिशत जनसंख्या साक्षर हुनुपर्ने र अनिवार्य आधारभूत शिक्षा प्रदायक घोषणाका लागि आधारभूत तहमा अध्ययन गर्ने उमेर समूहका ९८ प्रतिशत बालबालिकाहरु विद्यालयको पहुँचमा आइसकेको हुनुपर्दछ । सोही लक्ष्य पूरा भएकोले सुर्खेतलाई पूर्ण साक्षर र अनिवार्य आधारभूत शिक्षा प्रदायक जिल्ला घोषणा गर्न लागिएको सहायक जिल्ला शिक्षा अधिकारी पौडेलले बताए ।

सुर्खेतमा पूर्ण साक्षर अभियानलाई सफल बनाउनका लागि अभियानको अन्तिममा माध्यामिक तहका विद्यार्थीहरुलाई परिचालन गरिएको थियो । विद्यार्थीहरुले मात्रै पनि चार हजार बढी निरक्षरलाई साक्षर बनाएका छन् । यी दुई अभियानलाई संगै अगाडि बढाउने क्रममा सुर्खेतमा ‘सभ्यता र विकासको पहिचान, साक्षर सुर्खेत, अनिवार्य आधारभूत शिक्षा हाम्रो अभियान’ भन्ने नारा राखिएको थियो । 
 
 नेपालकै पहिलो अनिवार्य आधारभूत शिक्षा प्रदायक जिल्ला घोषणा हुँदा सुर्खेती नागरिकहरुले सरकारका उच्च पदस्थ व्यक्तिको उपस्थित चाहेका थिए तर यो सम्भव भएन । 

शिक्षा सम्बन्धी यी दुइ अभियान सपःल भएपनि सरकारले भने सुर्खेतको यो सफलतालाई त्यती साथ दिएको महसुस सुर्खेती नागरिकहरुले महसुस गरेका छैनन । नेपालकै पहिलो अनिवार्य आधारभूत शिक्षा प्रदायक जिल्ला घोषणा हुँदा सुर्खेती नागरिकहरुले सरकारका उच्च पदस्थ व्यक्तिको उपस्थित चाहेका थिए तर यो सम्भव भएन । यद्यपी यो समय भुकम्पले निम्त्याएको विपत्तीको थियो । तर यही विपत्तीले सरकारी उच्च पदस्थ व्यक्तिलाई यो कार्यक्रममा उपस्थित हुनबाट रोकेको होइन । 

जिल्ला शिक्षा कार्यालय सुर्खेतले प्रमुख अतिथीका लागि शिक्षा मन्त्री चित्रालेखा यादवलाई पत्र पठाएको थियो । तर उनी स-परिवार बैदेशिक यात्रामा जाने भएकोले सुर्खेतका यी दुई सफल अभियानमा उपस्थित हुन नसक्ने भइन । घोषणा कार्यक्रममा झण्डै सात लाख खर्च हुने अनुमान जिल्ला शिक्षा कार्यालयको थियो ।  यी कार्यक्रमका लागि कार्यालयमा छुट्टै कुनै बजेट पनि थिएन । तर पनि जिल्लामा रहेको विभिन्न संघसंस्थाहरुको पहल र सहयोग तथा समन्वयमा कार्यक्रम सम्पन्न भइसकेको छ । 

यसरी यी दुई अभियान सार्थक निष्कर्षमा पुगेकोले सुर्खेतीहरुले धक नमानी गर्व गर्नसक्नु पर्दछ । घोषणा मात्रै ठुलो कुरा रहेन । अबका दिनमा बाँकी रहेका केही निरक्षरलाई साक्षर बनाउने र विद्यालय जाने उमेरका बालबालकाहरुलाई विद्यालय ल्याउने जिम्मा र उत्तरदायित्व पनि सुर्खेती नागरिकहरुमै छ । 

No comments:

Post a Comment