Tuesday, February 16, 2016

बाढी पीडित विद्यार्थीकाे वीजाेग: खुला आकाश मुनि शिक्षा



खेमराज वली ।
सुर्खेत, फागुन ४ ।

खोलाको किनार । किनारा मै केही चौडा ठाउँ । त्यसकै माथिल्ल पट्टी भित्ताको आडमा केही झुप्राहरु । यी झुप्राहरुको अगाडिपट्टीको एउटा दृश्य । जहाँ शिक्षाको याचना गरिएको छ । अघिल्लो वर्षको साउन २८ र २९ गते सुर्खेतमा बाढि पहिरो जाँदा एक सय २५ जनाको मृत्यु भयो । हजारौं विस्ताथापितहरु अहिले पनि त्रिपालमुनि कष्टकर जीवन विताइरहेका छन् । उनीहरुले अहिले आधारभूत आवश्यकता पनि पुरा गर्न सकेका छैनन । आफन्तहरु र सबै सम्पत्तीसमेत गुमाएर पीडित बनेकाहरु अहिले सरकारसंग गुनाशो गरिरहेका छन् ।


तिनै बाढी पीडितको एउटा शिविर । नजिकै पाँच÷सात जना बालबालिकाहरु । च्यातिएको टिसर्ट, च्यातिएकै चप्पल । आधा शरीर नाङगो । उनीहरुको अगाडि एउटा थोत्रिएको ह्वाइट बोर्ड । केही थोत्रा कापीहरु । यो हो बाढी पीडित विद्यार्थीहरुको अवस्था । सुर्खेतका बाढी पीडितहरुले अहिले आफूहरुलाई गास बास र कपासको याचना गरिरहेका छन् । बाँच्न गाह्रो भएको भन्दै उनीहरुले सरकारसंग बाँच्न पाउने अधिकारी कार्यान्वयन गर्न माग गरिरहेका छन् । तर बाढी आएको साढे एक वर्ष पुगिसक्दा पनि सुर्खेतका बाढि पीडित विद्यार्थीहरुले राम्रोसंग पढ्न पाएका छैनन । बाढीले ठुलो क्षति पु¥याएको पश्चिम सुर्खेतको बाबियाचौर–१ तिखाकुनाका बालबालिकाहरुलाई पढ्ने वातावरण नै बन्न सकेको छैन । 





बाढी आउनुभन्दा पहिले स्थानी बालबालिकाहरु त्यहीको कालिका प्राथमिक विद्यालयमा अध्ययन गर्थे । भेरी नदी नजिकको बस्ती र विद्यालय बाढीले लग्यो । सुरुमा परिवार, घरबास गुमाएका विद्यार्थीहरुलाई पढ्ने वातावरण भएन । बाढी पीडितको शिविर बसेपछि पहिलो वर्ष त्यहाँका विद्यार्थीहरुले बाबियाचौरमै पढ्ने व्यवस्था मिलाइयो । एक वर्षसम्म त्यहाँका बालबालिकाहरुले बावियाचौर मै अध्ययन गरे । त्यहाँको शिविर सधैभर त्यही बस्ने अबस्था भएन । तिखाकुनाका बाढी पीडितहरु पहिलेको बस्ती भन्दा ठिक माथी रहेको वन फडानी गरेर त्यही बसे । अहिले ६ महिनादेखि त्यहाँका बालबालिकाहरुले शिवर भन्दा तल (खोला किनार) मा पढिरहेका छन् । जहाँ कुनै भवन छैन ।

खुला आकाश छ । केही (चार÷पाँच) वेन्चहरु छन । विद्यार्थीहरुका लागि राखिएका बेन्च भन्दा केही मिटर टाढा एउटा कुर्ची र एउटा थोत्रो टेबुल छ । यो विद्यालयको सम्पत्ती हो । तिनै चार÷पाँचवटा वेन्चमा खोलाको कलकल आवाज सुन्दै विद्यार्थीहरुले पढ्ने गरेका छन् । विद्यार्थीहरु पनि अहिले निरन्तर विद्यालय नआउने गरेको शिक्षकहरुले बताएका छन् । बाढी पीडितहरुले जवरजस्ती वनमा बसेकोले कहिले जिल्ला वन कार्यालयले उठाउँछ भन्ने थाहा पनि नभएको र यसले गर्दा विद्यालय कहाँ बनाउने भन्ने कुराको पनि टुङगो नलागेको उक्त विद्यालयका शिक्षक हरिप्रसाद देवकोटाले बताए ।

अहिले भवनका लागि रकम आएको भन्दै उनले विद्यालय कहाँ बनाउने भन्ने कुराको निश्चित नहुँदा समस्या भएको बताए । विद्यार्थीहरुलाई खुला आकाश मुनी पढाउन बाध्य भएको भन्दै शिक्षक देवकोटाले विद्यार्थीलाई पढ्ने र शिक्षकलाई पढाउने वातावरण नभएको बताए । ‘‘शिवर यहाँ स¥यो अहिले विद्यालय पनि यही आँकाश मुनि छ,’ उनले भने–‘ खोलाको किनारमा खुला आकाश मुनी न विद्यार्थीलाई पढ्ने वातावरण छ, न हामीलाई पढाउने वातावरण छ ?’’


अहिले यो विद्यालयमा एक सय जना विद्यार्थीहरु रहेका छन् । यस्तै शिसु कक्षामा २७ जना रहेका छन् । शिसु कक्षालाई भने शिविरको नजिकै केही व्यवस्थित गरिएको छ । पलास्टिकले बारेको घर बनाइएको छ । यो समस्या बाढी पीडितहरुलाई सरकारले व्यवस्थापन नगर्नेवेलासम्म जस्ताको तस्तै रहने देखिन्छ । बाढी पीडितहरु वनमा शिविर बनाएर बस्ने र वनमा जिल्ला वन कार्यालयले भौतिक संरचना बनाउन नदिने भएपछि विद्यार्थीहरु अझै खुला आकाश मुनी पढ्न बाध्य हुने शिक्षक देवकोटाले बताए ।
 

यता बाढीपहिरो पीडित जिल्ला संघर्ष समितिका अध्यक्ष खगिराम रेग्मीले पनि सरकारले वास्था नगरेका कारण आफूहरु मौलिक हकबाट बञ्चित भएको र बालबालिकाहरुले पढ्न नपाएको बताए । उनले सरकारले यति लामो समयसम्म व्यवस्थापन गर्न नसक्दा आफूहरुको अवस्था झन नाजुक बनेको र पढ्न बालबालिकाहरुलाई श्रममा लगाउनुपर्ने बाध्यता आएको बताए । ‘‘सरकारले केही वास्था गर्दैन,’ उनले भने–‘हामीलाई बासको व्यवस्था छैन, केटाकेटीलाई कहाँ पढाउने हो र ?’’ 
तस्बीर : तिखाकुनारका बाढी पीडित बालबालिले पढ्ने विद्यालय र विद्यालयको अफिस ।

No comments:

Post a Comment